शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
स्थानीय तहको निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधित्वको सुनिश्चितता गराउन माँग
चैत्र ७, २०७३ | सरगम खबर समाचारदाता

परशुराम साह - 
सिरहा, ७ चैत्र । राष्ट्रिय अपाङ्ग महासंघ नेपालले स्थानीय तहको निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधित्वको सुनिश्चितता गराउन निर्वाचन आयोग सँग माँग गरेको छ । महासंघले नेपाल सरकारद्वारा अनुमोदित अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्वन्धी महासन्धिको घारा २९ मा अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधित्व सहितको राजनैतिक अधिकार सुनिश्चित गरेको, नेपालको संविधान, २०७२ को प्रस्तावनाले समावेशी सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेपनि स्थानीय तह निर्वाचन ऐन २०७३ ले अपाङ्गता भएका व्यक्तिहरुलाई समावेशी सिद्धान्तको आधारमा स्थानीय तहमा प्रतिनिधित्वको सुनिश्चितता नगरेकोले महासन्धिको धारा २९ र नेपालको संविधान २०७२ को समानताको हक अनुसार समावेशी सिद्धान्तका आधारमा स्थानीय तहको निर्वाचनमा प्रतिनिधित्वको अधिकार सुनिश्चितता गरिनु पर्ने माँग गरेको हो । 

महासंघको केन्द्रिय उपाध्यक्ष टीका दहाल नेतृत्वको टोलीले गत चैत्र ३ गते निर्वाचन आयोगमा ध्यानाकर्षण पत्र बुझाउदै निर्वाचनको दिन चारपांङ्गे स्कुटरलाई आवत–जावत गर्नुपर्ने भन्ने व्यवस्था निर्वाचन कार्यविधिमा उल्लेख गर्नुपर्ने, निर्वाचनको पूर्व सन्ध्यामा हुने सर्वदलीय बैठकमा अपाङ्गता भएका व्यक्तिहरुलाई सहभागी गराउनु पर्ने, निर्वाचन गराउन सहभागी हुने कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन पर्यवेक्षकलाई निर्वाचन सम्वन्धी अभिमुखिकरण गर्दा अपाङ्गता भएका व्यक्तिहरुको समस्या र उनीहरु प्रतिको भूमिकाको बारेमा जानकारी गराउनुपर्ने अतिअशक्क्त, पूर्ण अशक्त र वौद्धिक अपाङ्गताका व्यक्तिहरुले मतदान गर्दा निजका अभिभावक वा इच्छाएको व्यक्तिमार्फत मतदान गर्न पाउने नीतिगत व्यवस्था मिलाउनु पर्ने, निर्वाचन पर्यवेक्षण गर्ने सम्पूर्ण संघ संस्थाहरुले अपाङ्गता भएका व्यक्तिहरुलाई सहभागि हुने प्रणालीको नीतिगत व्यवस्था गरिनुपर्ने, अपाङ्गता भएका व्यक्तिहरुलाई मतदानमा भाग लिन प्रोत्साहन सामग्री बनाउनुपर्ने । मतपत्र वा निर्वाचन समबन्धी जनचेतनामुलक सामग्री वनाउदा अपाङ्ग मैत्री बनाउनुपर्ने, निर्वाचन आयोगको लैंगिक तथा समावेशी नीति २०७० को रणनीति १०–१० अनुसार सवै मतदान केन्द्रहरु निर्माण गरिनुपर्ने लगायतका माँग गरेका छन् । महासंघको ध्यानाकर्षण पत्र बुझ्दै निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधी प्रसाद यादवले महासंघले उठाएको सवालहरुमा राजनैतिक दलहरुसंग छलफल गर्ने प्रतिवद्धता जनाएका छन् ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.