शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहा शिक्षाको कामकाज आर्थिक चलखेलमा भइरहेको विद्यार्थी यूनियनको आरोप
चैत्र ७, २०७३ | सरगम खबर समाचारदाता

सरगम खबर सम्वाददाता - 
सिरहा, ७ चैत्र । जिल्ला शिक्षा कार्यालय, सिरहाको कामकाज आर्थिक चलखेलमा भइरहेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले आरोप लगाएको छ । युनियनले सोमवार कार्यालयबाट नियम विपरीत गरिएको कार्यवाहीहरुको संशोधन तर्फ आवश्यक प्रकृया अगाडी बढाउन माँग गर्दै सिरहाका तत्कालिन जिशिअ महेन्द्र महतोले कानून विपरीत गरेको काम कारवाही तथा आर्थिक चलखेलको विरुद्धमा माथिल्लो निकायमा कार्यवाही चलिरहेको अवस्थामा महतोकै बाटो अवलम्बन गरी सोही प्रकृतिको कार्यवाहीहरु आर्थिक चलखेलमा हुने गरेको आरोप लगाएका छन् । 

युनियनका अध्यक्ष सुदन कुसियैतको नेतृत्वमा गएको विद्यार्थीको एक समूहले कार्यालयले गरेको जिल्लान्तर सरुवा सम्बन्धी विवरणको चलानी नं. र चलानी गरेको मिति तथा विषयगत समेत खुल्ने गरी तीन दिन भित्र उपलब्ध गराउन तीन दिने अल्टिमेटम दिएका छन् । विद्यार्थी युनियनले विद्यालयको भौतिक पूर्वाधार वितरणको विवरण र संस्थागत विद्यालयको पढाई शुल्कको समेत जानकारी माँग गरेका छन् । तीन दिन भित्र माँग गरेको विवरण उपलब्ध नगराए सशक्त कार्यक्रमकासाथ जिशिअ विरुद्ध माथिल्लो निकायहरुमा कार्यवाही गर्ने युनियनद्वारा प्रकाशित प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.