शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
ऐन संशोधनका लागि पेश भएको विधेयक र पत्रकार सिंहलाई मार्ने
चैत्र ८, २०७३ | फिरोज शेख

फिरोज शेख लहान २०७३ चैत्र ८ - 
संविधान सभाबाट व्यवस्थापिका संसदमा रुपान्तरित संसदबाट विभिन्न खाले ऐन तथा नियमावलीहरु जारि भईरहेकै क्रममा विशिष्ठ व्यक्तिहरुका सुचिमा सांसदहरुलाई समेत समवेश्गारी अवकाश पश्चात विशेष खाले सुविधा र निवुत्तिभरन दिने गरि ऐन संसोधनका लागि विधेयक पेश भएको प्रति अधिकारकर्मी तथा नागरिक समाजको गम्भीर ध्यानाकर्षण भएको मानवधिकार संरक्षण केन्द्र संजाल सिरहाले मंगलबार पत्रकार सम्मेलन गरि जानकारी गराएका छन्। देशमा बिभिन्न कालखण्डमा सम्पन्न भएका लोकतान्त्रिक जनान्दोलनहरु , मधेश आन्दोलन लगायत अन्य सामाजिक आन्दोलन र हजारौ बलिदानीका जगमा उभिएको गणतान्त्रिक संघीय नेपालको स्थापना पश्चात जान निर्वाचित संविधान सभा बाट नेपालको संविधान २०७२ जारि भैसकेको अवस्थामा पनि देशमा संविधानत : अधिकार स्थापनाका लागि आन्दोलन जारि रहेको वर्तमान अवस्थामा जीवनभर सरकारी सेवामा व्यत्तित गर्ने कर्मचारीहरुको हकमा निवुत्तिभरन हताउनेगरि निजामती ऐन संसोधन गर्ने संसदहरुले नै आफूखुशी संसद सुविधा स्वास्थ्य ,यातायात ,घर वहाल ,अन्य सुविधा सहित सेवा पश्चात पनि मासिक वृति सहितको संसोधन विधेयकमा पेश गर्नुलाई राज्यकोषको चरम दुरुपयोग हुने ठहर गर्दै उक्त्त विधेयक तत्काल फिर्ता लिनहुन् सम्मानित विधायिका संसद्समक्ष आग्रह गरेका छन्।  

राज्यको समुचित उपयोग तथा लोककल्याणकारी राज्यको सिद्धान्त अनुरुप राज्य संचालन ,नेपाली आम नागरिकको हकहित तथा सुरक्षा संगै संविधानतह : ग्यारेन्टी गरिएका मौलिक हकहरूको सहज उपभोग गर्न पाउने वातावरणको निर्माण गर्न समेत सम्मेलनमा प्रेस विज्ञप्ति मार्फत आग्रह गरेका छन्। साथै  राष्ट्रपति र उपराष्ट्रपति समेतले अवकाश पश्चात पाउने विशेष खाले सुविधा र निवुत्तिभरन समेत खारिज हुनु पर्ने संजालका पुर्व संयोजक सुनिल कुमार साहले बताउनु भयो। मानवाधिकार संरक्षण केन्द्र संजालकि संयोजक गंगा अधिकारीको अध्यक्षतामा ओरेक नेपाल सिरहा लहानको सभा हलमा भएको पत्रकार सम्मेलनमा विभिन्न संघ संस्था संग आवध अधिकारकर्मी संचारकर्मीहरुको उपस्थिति रहेको थियो।कार्यक्रमको संचालन अधिकारकर्मी राम भरोशी महतोले गर्नु भएको थियो।

यसै बीच प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य समेत रहेका नयाँ पत्रिका दैनिकका सिरहा सम्वाददाता दिलीप सिंहलाई २०७३ चैत्र ७ गते साँझ सिरहाको लहानस्थित सिता नोवेल न्युज सेन्टर भित्र बसिहरेको बेला लहानका देव आइडियल इङ्गलिस बोर्डिंग स्कुलका प्रिन्सपील मुरारी साहले मार्ने धम्की दिएको कार्यको मानवाधिकार संरक्षण केन्द्र संजाल सिरहाले प्रेस विज्ञप्ति मार्फत भत्र्सना गरेका छन्। प्रिन्सपल साहले नक्कली निरीक्षक पक्राउ बारे समाचार किन लेखेको भन्दै मार्ने धम्की दिएको पीडित सञ्चारकर्मी सिंहले बताएको विज्ञप्तिमा उल्लेख गरिएको छ। सिंहले सोमबारको नयाँ पत्रिकामा नक्कली निरीक्षक पक्राउ सम्बन्धी समाचार लेखेका थिए । शिक्षा पेशामा लागेका प्रिन्सपल जस्तो जिम्मेवार व्यक्तिले सञ्चारकर्मीलाई सार्वजनिक स्थलमा मार्ने धम्की दिनु कार्य अपराधिक कार्य भएको संजालको ठहर छ । कुनै पनि प्रकाशित वा प्रशारित समाचारमा चित्त नबुझे कानुनी उपाय हुँदा हुदै शिक्षा पेशामा संलग्न जिम्मेवार व्यक्तिले यस्तो कार्य गर्नु खेद जनक रहेको उल्लेख गर्दै सञ्चारकर्मीलाई मार्ने धम्की दिने घटनाको छानवीन गरी दोषीलाई कार्वाह गर्न सम्बन्धीत निकाय समक्ष माँग गरेका छन्।साथै सञ्चारकर्मीहरुको सुरक्षाको प्रत्याभूति गर्न सिरहा प्रशासन समक्ष समेत विज्ञप्ति मार्फत माग गरेका छन्। यसै बीच शेख मिडिया हाउस प्रालि लहान र प्रेस चौतारी नेपाल शाखा सिरहा सोमबार नै प्रेस विज्ञप्तिमार्फत धम्की दिएको कार्यको भत्र्सना गर्दै घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्न सम्बन्धीत निकाय समक्ष माँग गरेका छन् । सिरहाका निमित प्रमुख जिल्ला अधिकारी सोम प्रसाद भट्टाइले पत्रकारलाई धम्की दिनेमाथि कानून बमोजिम कारवाही गर्ने वताएका छन् ।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.