शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
मोरङमा भएको सवारी दुर्घटनामा ४ को मृत्यु २१ घाइते ,
चैत्र ९, २०७३ | सरगम खबर समाचारदाता

विराटनगर २०७३ चैत ९ -  पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको कानेपोखरीमा बसको टायर पड्कि दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भिर रहेको जानकारी प्राप्त भएको छ। मृतकको शव उर्लाबारीस्थित मंगलबारे अस्पतालमा रखिएको छ। गम्भिर घाइते हुनेमा केरौन मोरङ बस्ने शंखर विक रहेका छन्। पथरी इलाका प्रहरी कार्यालयका इनिस्पेक्टर राजन कार्कीका अनुसार पूर्वबाट पश्चिम जाँदै गरेको ना ५ ख ५३८७ नम्बर भएको बसको अगाडीको टायर पड्किएर दुर्घटना भएको छ। टायर पड्किएर अनियन्त्रित भएको बसले मे ४ प ८५११ नम्बरको मोटरसाइकल लाई ठक्कर दिदा घटना स्थलमै मोटरसाइल चालक तिलक लिम्बु र मोटसाइल पछाडी बसेका देवेन्द्र लिम्बुको मृत्यु भएको छ। त्यस्तै बसमा सवार पुरुषोत्तम सुवेदी र परिचय खुल्न बाँकी अर्की एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। यता घाइतेहुनेहरुमा गौरिगञ्ज झापाका सन्तोष माझी, किशोर चौधरी,  लिलबहादुर भट्टराई, मनिस भट्टराई, भद्रपुर झापाका अनिस विक, गौरिगञ्ज झापाकै दिलिप मण्डल, घैलाडुब्बा झापाका करनजित वर्मा, सिक्किम भारतकी मित्रावती भट्टराई, नारायण प्रसाद भट्टराई, बुटवलका राज आले, केरौन मोरङका विजय मुर्मु, इलाम सूर्योदयकी बबिता विक, कोराबारी झापाका रोसन मण्डल, सतन इम्बु, सुनिता टुडु, सतुवा हैमरन,पोखराका अनिल राना मगर, उत्तर प्रदेश भारतका इशर अली र पथरी मोरङका रामकुमार राई रहेका छन्। 

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.