शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
छिमेकीको खुकुरी प्रहार बाट एक महिला घाईते
चैत्र ६, २०७३ | फिरोज शेख

फिरोज शेख लहान चैत्र १३ - 
फोटो खिचेको बिषयमा बिवाद हुदा खुकुरी प्रहार बाट एक महिला सकत घाईते भएकी छिन । घाईते हुनेमा  जिल्ला सिरहा लहान नगरपालिका ३ बस्ने ४० वर्षीय  शिब कुमारी महतो रहेकी छिन। शिब कुमारी लाई छिमेकी देब नारायण महतोको  खुकुरी प्रहारबाट सकत घाईते भएकी छिन। घाईते शिब कुमारी को लहान स्थित राम कुमार उमा प्रसाद स्मारक अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ। घाईते शिब कुमारीको अबस्था अहिले समानय रहेको अस्पतालमा कार्यरत डा.बिरेन्द्र यादबले बताउनु भयो। देब नारायण महतोको घरमा डेरा लिएर बस्ने बिधार्थिहरु महिलाहरु नुहाई रहेको बेला जहिले पनि घरको छतमा गई मोवाईलमा फोटो खिच्चने गरेको घरधनी देब नारायण महतोलाई पटक ,पटक जानकारी गराएपनि कुनै वास्ता न गरेको र सोहि क्रममा सनिबार महिलाहरु नुहाइरहेको बेला छत बाट बिद्यार्थीले फोटो खिचिरहेको घरधनी महतोलाई भन्दा उल्टै गालि गलोज , कुटपिट गर्दै  देबनरायन र उनका छोरा चंद्रु महतो , श्रीमती सुमित्रा महतोले खुकुरी लिएर आक्रमण गरेको घाईते शिब कुमारीको परीबारजनले बताएका छन् । यता घटनाको थप अनुशन्धान गर्न घटनामा संलगन  देब नारायाण महतो र सुमित्रा महतो लाई  ईलाका प्रहरी कार्यलय लहानले  नियन्त्रनमा लिई अनुशन्धान गरिरहेको प्रहरीले जनाएको छ। 

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.