शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
बन्द हुदै 'द कपिल शर्मा शो
चैत्र १४, २०७३ | सरगम खबर समाचारदाता

एजेन्सी मार्च २७ । कपिल शर्माको पछिल्लो समाचारलाई मान्ने हो भने 'द कपिल शर्मा शो' बन्द हुने भएको छ ।  कपिल शर्मा र सुनील ग्रोवरबीच हालै भएको विवादले हैरान भएका च्यानलले शो बन्द गर्ने निर्णय गरेको छ । तर यस बिषयमा च्यानलले आफ्नो आधिकारिक धारणा भने सार्वजनिक गरेको छैन । साथै कपिलको प्रोडक्शन हाउसले पनि  केहि भनेको छैन् ।कुटपिटपछि कपिलसँग उनका सहयोगी  सुनील ग्रोवर, चंदन प्रभाकर र अली असगरले सुट गर्न अस्विकार गरेको बताइएको छ । त्यस पछि कपिलले शोमा अन्य कमेडियन राजू श्रीवास्तव, सुनील पल र अहसान कुरैशीलाई ल्याए । तर सो कुराबाट च्यानल खुशी रहेको छैन । 
 
हालै कपिलको शोमा कोही सेलेब्रिटी नआएपछि उनले शोको सुटिङ रद्द गर्नु परेको छ । सुटिङ रद्द गरेर कपिल आफ्नो चलचित्र 'फिरंगी' को सुटिङमा गएका छन् । उनि २९ मार्चमा मात्र मुम्बइ फर्कनेछन् । केहि दिन पहिले डिसेम्बर सम्म चलचित्रबाट टाढा रहन च्यानलका मालिकले कपिललाई ११० करोडको प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा कपिल पनि राजि भएका थिए । तर कपिलले शो छोडेर चलचित्र सुटिङमा जानुले पनि उनको शो बन्द हुन लागेको अनुमान लाउन सकिने भारतिय संचार माध्यम बताउछन् । 
 
मार्च १६ मा  कपिलको टिम अष्ट्रेलियाबाट मुम्बई फर्कने क्रममा विमानमा सुनिलसँग सामान्य विवादले झगडाको रुप लिएको थियो। कपिलले रक्सी पिएर  डा.गुलाटी अर्थात सुनिल ग्रोवरलाई कुटपिट नै गरेका थिए ।

 

भोजपुरी नायिका अक्षरा सिंह आज लहान
बैशाख ६, २०८१ | फिरोज शेख
गीतकार समिर खानको हिन्दी गीत “ओ
मंसिर २, २०७९ | फिरोज शेख
अश्लिल गीत गाउनेलाई कार्वाही गर्न गायक
साउन २१, २०७९ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.