शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
आँपको बगैंचामा युवकको शव भेटियो
चैत्र १४, २०७३ | फिरोज शेख

फिरोज शेख लहान २०७३ चैत्र १४ - 
सिरहाको लहान नगरपालिका ३ स्थित आँपको बगैंचामा करिब २० वर्षका युवकको शव झुण्ड्याइएको अवस्थामा भेटिएको छ । सप्तरीको मलहनमा १ का देवनारायण साहको छोरा श्रवणकुमार साहको शव आँपको रुखमा खुट्टा भुईँमै छुनेगरी झुड्यिाइएको अवस्थामा सोमबारबिहान भेटिएको इलाका प्रहरी कार्यलय  लहानका प्रहरी निरीक्षक जुगेश्वर राउतले जानकारी दिएका छन् । मृततको शवको घटनास्थल प्रकृति मुचुल्का उठाएर पोष्टमार्टमका लागि लहानस्थित रामकुमार शारदा उमा प्रसाद मुरारका स्मारक अस्पताल ल्याइएको जानकारी दिंदै प्रहरी निरीक्षक राउतले घटनाको अनुसन्धान भईरहेको बताए । प्रहरीले अहिलेसम्म कसैलाई पनि पक्राउ गरेको छैन । मृतक साहको खुट्टामा  चक्कु प्रहार गरिएको घाउ रहेको र रगत बगिरहेकाले हत्या गरेर झुण्ड्याइएको हुन सक्ने आशंका गरिएको छ ।  

लहान ३ स्थित ललकु मा.वि.बाट भर्खरै सकिएको माध्यमिक शिक्षा परीक्षा दिएका साह लहान अस्पताल चोकदेखि दक्षिण डेरामा भतिजसहित बस्दै आएका थिए । डेरामा अपरान्ह ४ बजेतिर कसैले फोन गरेर बोलाएपछि लहान ३ मा रहेको बस पार्क गएका उनको एकाएक मोबाइल स्वीच अफ भन्न थालेपछि  प्रहरीमा उजुरी दिइएको भाउजु अनुकुमारी साहले बताइन् । अस्पताल चोकबाट दुई जना युवकले मोटरसाइकलमा राखेर बस पार्क पुर्याइएका उनीसँग त्यही युवकहरुसँग झैझगडा भएपछि घटना भएको हुन सक्ने आशंका गरिएको छ । 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.