शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा टाटा शोरुमको उद्घाटन
चैत्र १४, २०७३ | फिरोज शेख

फिरोज शेख ,लहान २०७३ चैत्र १४ - 
सिरहाको लहानमा सोमबार एक कार्यक्रम बीच गिरिजा अटोमोबाइल्स टाटा शोरुमको उद्घाटन गरिएको छ । सिप्रदी ट्रेडिङ्ग प्रालिको डिलर भएको उक्त शोरुम विगत ७ महिना पहिला नै संचालनमा आएपनि औपचारिक रुममा सोमबार उद्घाटन गरिएको छ । लहान ट्राफिक चौक देखि ४० मीटर पश्चिम मैनरोडको छेउमा दक्षिण पट्टि अवस्थित शोरुमको उद्घाटन टाटा ग्रुपको काउनट्री म्यानेजर तुषार गुप्ताले पानसमा बत्ति बाल्दै रिवंकाटि उद्घाटन गर्नु भएको छ । 

उद्घाटनको शुभ अवसरमा सिप्रदी डिलर सेल्स म्यानेजर प्रदिप पोख्रेल,पुर्वान्चल डीपटि सेल्स म्यानेजर ओम कुमार पाण्डे ,गिरिजा अटोमोबाइल्स लहान टाटा शोरुमको संचालक गुड्डु जेन , म्यानेजर अभिषेक मण्डल लगायत नागरिक समाज ,वुद्धिजीवि , संचारकर्मी , टाटा ब्रान्डको गाडी प्रयोग गर्ने उपभोक्ता लगायत सर्वसाधारण संगै शोरुममा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो । गिरिजा अटोमोबाइल्स टाटा शोरुममा सोमबार बाट टाटा कम्पनीको पिकअप , विङ्गर,म्याजिक गाडीको साथै टाटा कम्पनीको सम्पूर्ण ब्रान्ड र मोडलको गाडी उपलब्ध रहेको शोरुममा कार्यरत ज्योति शाहले बताउनु भयो।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.