शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिटिजेसिज लहान द्वारा वेलकम कार्यक्रम सम्पन्न
चैत्र १५, २०७३ | फिरोज शेख

फिरोज शेख लहान २०७३ चैत्र १५ - 
लहान सिटि जेसिज लहान २०१७ ले सोमबार स्वागत तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ। नेपाल जेसिजको राष्टिय उपाध्यक्ष तथा लहान सिटि जेसिजको निरुपित राष्टिय उपाध्यक्ष सोभा खरेल लाई लहानको प्यासेफिक होटलमा एक कार्यक्रम बीच सवागत तथा दोसला ओढाएर स्वागत तथा सम्मान गरिएको छ ।लहान सिटि जेसिज लहान २०१७को अध्यक्ष सत्य नारायण पन्जियारको अध्यक्षता र शोभा खरेलको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा देशको   वर्तमान अवस्था , चुनावी माहोलमा जेसिजले खेल्नुपर्ने सकारात्मक भूमिका संगै आगामी भावी योजनाहरुको बारेमा छलफल गरिएको छ । प्रमुख अतिथिको आशनबाट बोल्दै शोभा खरेलले वर्ष २०१७ का जेसिज बोर्डलाई सफल कार्यकालको शुभकामना दिदै उपस्थित जेसिजका सदस्यहरुले नेपाल जेसिजको बारेमा   राखेको जिज्ञासा ,सल्लाह ,सुझाब र भावी योजनाहरुको बारेमा नेपाल जेसिज बोर्ड सदस्य तथा पदाधिकारी समक्ष राख्ने बताउनु भयो। 

कार्यक्रममा हेटौडा लेडी जेसिजको पुर्व अध्यक्ष राधिका श्रेष्ठ,लहान सिटि जेसिजको निवर्तमान अध्यक्ष शंकर प्रशाद गुप्ता , लहान सिटि जेसिज संस्थापक अध्यक्ष बशन्त शाह , नेपाल जेसिजका कानुनि सल्लाहकार राजा बाबु साह , पुर्वअध्यक्ष रियासत लिमि ,दिपेन्द्र राज सिंह , वर्ष २०१७ बोर्डका पदाधिकारीहरु  उमेश चौधरी , वशन्त साह , फिरोज शेख ,कृष्ण रौनियार , सुमन गुप्ता लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा वर्ष २०१७ का अध्यक्ष  सत्य नारायण पन्जियार र प्रमुख अतिथि शोभा खरेल बीच मायाको चिनो आदान प्रदान समेत भएको थियो। कार्यक्रमको संचालन जेसिज २०१७ का महासचिव उमेश चौधरीले गरेका थिए भने आस्थापाठ वाचन जनसम्पर्क अधिकृत फिरोज शेखले गर्नु भएको थियो। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.