शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
मोर्चाद्धारा निर्वाचन कार्यालय घेराउ
चैत्र १५, २०७३ | शुभ नारायण यादव

शुभ नारायण यादव - 
सप्तरी, १५ चैत । 
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको असहयोग र अवज्ञा कार्यक्रमअन्तर्गत मंगलबार जिल्ला निर्वाचन कार्यालय घेराउ गरिएको छ । मोर्चाले सिरहा ,सप्तरी,  सुनसरी, सर्लाही लगायतका जिल्लाहरुमा रहेका निर्वाचन कार्यालय घेराउ गरेका हुन । सदरमुकाम राजविराजस्थित निर्वाचन कार्यालय मोर्चाले घेराउ गर्दा त्यस वरिपरी नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा परिचालन गरिएको थियो ।परिमार्जितसहित संविधान संशोधन, सिमांकनको टुङ्गो लगाएर मात्र निर्वाचन गर्न माँग गर्दै मोर्चा नेता कार्यकर्ताहरुले निर्वाचन कार्यालय घेराउ गरेका हुन् । 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.