शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
दलितबाटै दलित शोषित बन्दै गएको आरोप
चैत्र १५, २०७३ | शुभ नारायण यादव

शुभ नारायण यादव - 
सप्तरी, १५ चैत । 
दलितबाटै दलित अपहेलित तथा शोषित हुने गरेको एक कार्यक्रमका सहभागिहरुले आरोप लगाएका छन । आवाज परियोजना, मधेशी दलित विकास महासंघको सहयोगमा मंगलबार मावि कनकटामा आयोजित सिम्राहा सिगियोन मानवअधिकार पैरवी संजालको बार्षिक साधारण सभामा सहभागिहरुले सो आरोप लगाएका हुन । कार्यक्रममा सहभागिहरुले राज्यले छुवाछुत मुक्त समाजका लागि विभिन्न जनचेतानमुलक कार्यक्रमहरु संचालन गरेपनि सो कार्यान्वयन हुन नसकेकोमा दुःख ब्यक्त गर्दै समाजमा बढ्दै गएको छुवाछुत प्रथालाई जडैबाट समाप्त गर्नुपर्नेमा जोड दिए ।

संजालका अध्यक्ष ध्यानी मण्डलको अध्यक्षता तथा मधेशी दलित विकास महासंघका केन्द्रिय अध्यक्ष एवं सद्भावना पार्टीका केन्द्रिय सदस्य बिशेश्वर रजकको प्रमुख आतिथ्यमा आयोजित सो साधारण सभामा गाबिसका भुपु गाबिस अध्यक्ष जगदिश यादव, गाबिस सचिव तथा अध्यक्ष संजय कुमार देव, पत्रकार शुभ नारायण यादव, नविन चौधरी, सद्भावना पार्टीका दलित नेतृ रिता देवी खंग, वडा नागरिक मंचका अध्यक्ष देवीलाल साह, दलित अगुवा रामदेव खंग, शिक्षिका ललिता साह, कनकटा माविका नि.प्रअ नरेन्द्र कुमार साह सहितकाहरुले आ–आप्mनो धारणा राख्नुभएको थियो ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.