शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहाका सामुदायिक विद्यालयको अनुगमन शुरु
चैत्र १६, २०७३ | सरगम खबर समाचारदाता

सिरहा  २०७३ चैत्र १६ - 
जिल्ला शिक्षा कार्यालय सिरहाले सामुदायिक विद्यालयमा अनुगमन गर्न शुरु गरेको छ । जिशिकले विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुको पहुँच टिकाउ तथा उपलब्धि मापनका लागि अनुगमन थालेको जनाएको छ । अनुगमनका लागि जिशिका प्रतिनिधि, स्रोत व्यक्ति र संचारकर्मीसहित टोली खटाइएको छ ।अहिले सबै विद्यालयमा वार्षिक परीक्षा शुरु भइरहेका छन् । यस्तो बेला अनुगमन गर्दा वास्तविक विद्यार्थी संख्या यकिन हुने जिशिकाले जनाएको छ । टोलीले अनुगमनका क्रममा बालविकास देखि कक्षा ९ सम्मका रजिष्टरमा नामाकंन भएका र परीक्षामा उपस्थित भएका विद्यार्थी संख्या खोज्ने गरेका छन् । नामाकंन अनुसार परीक्षामा विद्यार्थी संख्या कम रहेको भेटिएका छन् । साथै, विद्यालयमा सञ्चालित अन्य कार्यक्रमको पनि अनुगमन भइरहेको जिशिकाले जनाएको छ ।अनुगमनले वास्तविक विद्यार्थी संख्या यकिन हुने र त्यसैको आधारमा विद्यालयले अनुदान पाउने विद्यालय निरीक्षक तथा शिक्षा कार्यालयका सुचना अधिकारी बुद्धिमान दनुवारले बताउनुभयो । परीक्षामा विद्यार्थी कम देखिए अनुदानमा कटौती हुन सक्ने उहाँले बताउनुभयो । विद्यालयमा सञ्चालित कार्यक्रमको प्रभावकारिता पुनरावलोकन पनि भइरहेको उहाँले सुनाउनुभयो । कतिपय विद्यार्थीहरुले सामुदायिक र निजी विद्यालयमा दोहोर नामाकंन गराएका छन् । त्यस्तो विद्यार्थी पनि भेटिने अनुगमनकर्ताहरुले बताएका छन् । यस अनुगमनले बीचमै विद्यालय छाड्ने विद्यार्थी दर यकिन हुने र सोही अनुसार शिक्षाका कार्यक्रम सञ्चालन गर्न मद्दत पुग्ने विनि दनुवारले बताउनुभयो ।

;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;

जनता माध्यमिक विद्यालय अयोध्यानगर कसहाको रजिष्टरमा कक्षा १ देखि ९ सम्मा ७ सय ८५ विद्यार्थीहरुको नामाकंन भएका छन् । तर, बुधवार अंग्रेजी विषयको परीक्षामा ४ सय ५३ जना मात्रै उपस्थित भएको भेटिएका छन् । २ सय ३२ जना अनुपस्थित भएका देखिएका छन् । जसमा सब भन्दा बढी कक्षा ९ मा २ सय १ जनाको नामाकंन भएपनि १०६ विद्यार्थी मात्रै उपस्थित भएका थिए ।यस्तै, जनता माध्यमिक विद्यालय चन्द्रोदयपुरमा ६ सय ८८ विद्यार्थीको नामाकंन भएका छन् । परीक्षामा ५ सय ४५ जना उपस्थित थिए । १ सय ४३ अनुपस्थित । पंक्तिकारसहित शिक्षा कार्यालयका विनि दनुवार र चन्द्रलालपुरका स्रोत व्यक्ति भगवानवावु साहको टोलीले अनुगमन गरेका छन् ।

;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;

अयोध्यानगर कसहाका विद्यालयमा कक्षा १ देखि ९ सम्ममा ४ सय ४७ जना छात्रा विद्यार्थी नामाकंन गराएका छन् । परीक्षामा २ सय ८७ उपस्थित र १ सय ६० अनुपस्थित भएका थिए । त्यस विद्यालयमा छात्रको संख्या ३ सय ३८ भने छात्र भन्दा १ सय ९ छात्रा बढी रहेको छ ।चन्द्रलालपुरको विद्यालयमा छात्र र छात्राको संख्या बरावर देखिएका छन् । दुई बाल विकास र कक्षा १ देखि ९ सम्ममा ६ सय ८८ जनाले विद्यार्थीले नामाकंन गराएका छन् । जसमा ३ सय ४४ जना छात्रा छन् । सिरहामा यी दुई विद्यालय जस्तै धेरैमा छात्राको संख्या बढी रहेको विनि दनुवारले बताउनुभयो । खास गरी छोरीलाई सामुदायिक र छोरालाई निजी विद्यालय पढाउने गरेकोले सामुदायिकमा छात्राको संख्या बढेको शिक्षकहरु बताउछन् । यीसँगै वैदेशिक रोजगारीले पनि असर गरेका छन् । वैदेशिक रोजगारीमा गएका अभिभावकले छोरालाई निजीमा पढाउने गरेको उनीहरुले सुनाए । यस जिल्लामा तत्कालिन जिल्ला शिक्षा अधिकारी हरी वस्तीले यस भन्दा पहिले नयाँ शैक्षिक सत्र शुरु हुनु अघि २०६८ फाल्गुन ६ गते देखि विद्यालय अनुगमन गराउनुभएको थियो । त्यतिबेला अनुगमनका क्रममा पनि ५४ हजार फर्जी विद्यार्थी र ७४ वटा झोले विद्यालय भेटिएका थिए । त्यस अनुगमनले झोले विद्यालय खारेज, ४० विद्यालय गाभेका थिए । भने विद्यालयमाथि रहेको बेरुजु रकम असुली र अधुरो भवन निर्माणको काम पुरा गराएका थिए । साभार : आजको शिक्षा 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.