शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहाको रजोखरमा सदगुरु कविर सम्मेलन
चैत्र १६, २०७३ | सरगम खबर समाचारदाता

रुनकेश कामती , सिरहा, १६ चैत्र ।
सिरहाको राजपुर गाविस वडा नं. ७, ८ र ९ (हाल बिष्णुपुर गाउँपालिका वडा नं. २) रजोखरमा आयोजना भएको सद्गुरु कविर अन्तारिष्ट्रय सन्त सम्मेलन बुधबार देखि सुरु भएको छ र सन्त सम्मेलनमा हजारौं सहभागी भएका छन् ।भारत समस्तीपुरका आर्चाय राजनारायण साहेब प्रमुख प्रवचनकर्ता रहेको सन्त सम्मेलनमा नेपाल र भारतका विभिन्न स्थानबाट सहभागीता जनाईएको छ । राजपुर गाविसको वडा नंं ८ मा बुधबारदेखि सुरु भएको सन्त सम्मेलन तिन दिन (शुक्रबार) सम्म चल्ने भएको छ । सन्त सम्मेलनमा आचार्य राजनारायण, उमा साहेव, श्याम साहेव, पाण्डव साहेव लगायतले प्रवचन दिने आयोजकले जनाएका छन् । कविर दर्शन संसारमै भिन्न रहेको, सत्य, अहिंसा, प्रेम र एकता प्रवद्र्धनमा केन्द्रित रहेको उनका अनुयायी तथा आयोजक समितिका कोषाध्यक्ष राज कुमार कामती (साहेब) ले बताएका छन् । समझदारी, जिम्मेवारी, इमान्दारी र बहादुरी आत्मसाथ गरी सहज र सरल जीवन जीउन उत्प्रेरित गरेको कोषाध्यक्ष कामतीको भनाई छ ।

मानवीय एकता, सामाजिक समता, कुरुति विरुद्ध भण्डाफोर र प्राणीमा सद्भावको वृद्धि आजको आवश्यकता रहेको सन्त सूरुज सन्त श्याम साहेवले बताए । समाज विकृत भईरहँदा कविर साहेबको दर्शनलाई परिपक्कताका साथ अपनाउँदै समाजलाई सभ्य बनाउनु पर्ने जरुरी भएको उनको भनाई छ ।सन्त सम्मेलनको अवसरमा वुधवार कलश यात्रा निकालिएको छ । सन्त सम्मेलनको अवसरमा निकालिएको कलश यात्रामा सयौं महिलाहरुको उपस्थिती रहेको थियो । कलश यात्रा राजपुर छेउका गाउँहरुको परिक्रमा गरी फेरी सम्मेलनस्थलमा पुगेको थियो ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.