शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सुखीपुरमा मशाल जुलुश प्रदर्शन
चैत्र १६, २०७३ | सरगम खबर समाचारदाता

सिरहा २०७३ चैत्र १६ - 
सुखीपुर नगरपालिकालाई गाउँपालिकामा परिवर्तन गरेको विरुद्धमा नगरपालिको माग गर्दै सुखीपुर बजारमा  बुधवार साझ साढे सात बजे मशाल जुलुश प्रदर्शन गरेको छ । सुखीपुर नगरपालिका बचाउ सघर्ष समितिद्वारा विहीवारको घोषित  पूर्वपश्चिम लोकमार्ग जिरोमाईल सडक खण्ड बन्दको पुर्व संध्यामा नगरका राजनीतिक दलका कार्यकर्ताहरुले बृहद रुपमा मशाल जुलुश प्रदर्शन गरेका हुन् । सुखिपुरको राजदेवी चौकबाट निकालिएको मशाल जलुशमा नगरपालिका फर्काउन विभिन्न किसिमका नारावाजी गर्दै नगरपरिक्रमा गरेका थिए । नगरपरिक्रमा पछि भएको कोणसभामा संघीय समाजबादी फोरम नेपालकी नेतृ सुनिता राम, विन्देश्वर पंजियार नेकपा एमालेकी शान्ति महतो , राम औतार यादब, नेपाली काँग्रेसका राम प्रसाद चौधरी, सदभावना पार्टीका राम बहादुर महतो , सुखीपुर नगरपालिका बचाउ सघर्ष समितिका संयोजक विपी भुवन यादब सहितका वक्ताहरुले आ आफ्नो मन्तव्य राख्नु भएको थियो । 

२०७१ साल आशिन १ गते नेपाल सरकारको निर्णय अनुसार ७ गाविसलाई समायोजनगरी नगरपालिका बनाएको थियो । तर २० दिन पहिले मन्त्रीपरिषदको निर्णयले नगरपालिकाबाट गाउँपालिकामा परिवर्तन गरेपछि नगरवासीहरु आक्रोशित हुदै सरकारको निर्णयको विरुद्धमा नगरपालिकामा अनिश्चितकालिन ताला बन्दीगरी अनिश्चितकालीन धर्ना संगै बिभिन्न किसिमका दवाबमुलक आन्दोलनका कार्यक्रमहरु  गर्दै आएको छ । 

यता ईलाका प्रसाशन कार्यलय लहानमा बुधबार बसेको सरोकारवालाहरुको बैठकले बिहिबार बाटो अवरोध गर्ने कार्य गर्न नदिने निष्कर्ष निकालेको छ । बाटो अवरोधको कारण सर्वसाधारणले सास्ती भोग्नु र समयमा आफ्नो गन्तव्यमा नपुग्दा व्यापक जनगुनासो आउने गरेकोले बाटो अवरोध कर्ताहरुलाई बाटो अवरुद्ध नगर्न आग्रह गरिएको स्रोतले जनाएको छ । यदि आग्रहको वेवास्था गरि बाटो अवरुद्ध गरे बाटो खुलाउन बल प्रयोग गर्न बाध्य हुने निर्णय गरिएको स्रोतले जनाएको छ ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.