शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
प्रधानाध्यापक र विद्यालय व्यवस्थापन अध्यक्षविरुद्ध आरोपपत्र दायर
चैत्र १७, २०७३ | शुभ नारायण यादव

शुभ नारायण यादव - 
सप्तरी, १७ चैत । 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरी, लक्ष्मीपुर ३ भुतहीस्थित जनता राष्ट्रिय प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शुभनारायण यादव र प्रधानाध्यापक कमलेशकुमार यादवविरुद्ध बुधबार विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । प्रधानाध्यापक र अध्यक्षले आपसी मिलेमतोमा बिल (बिजक) र भरपाइहरू एकै व्यक्तिबाट लेखी छापसमेत नलगाई बैंकमा रहेको विद्यालयको खाताबाट विद्यालयको २ लाख ९७ हजार ५ सय ६२ हिनामिना गरेकाले उनीहरूविरुद्ध आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ । अध्यक्ष शुभनारायण र प्रधानाध्यापक कमलेशकुमारलाई जनही बिगो २ लाख ९७ हजार ५ सय ६२ असुल उपर गर्न र भ्रष्टाचार निवारण ऐनबमोजिम कैद र जरिवाना सजाय गर्न मागदाबी लिई बुधबार विशेष अदालत काठमाडाँैमा आरोपपत्र दायर गरिएको छ ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.