शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सप्तरीमा लोप हुँदै गएको गिद्ध फेला
चैत्र १७, २०७३ | शुभ नारायण यादव

शुभ नारायण यादव - 
सप्तरी, १७ चैत । 
मुलुकमै लोप हुँदै गईरहेको गिद्ध पछिल्लो पटक सप्तरीमा देखएिको छ । जिल्लाको बरही बिरपुर गाबिसस्थित कोशी पश्चिमी नहरको डिलमा लोप हुँदै गएको गिद्ध देखिएको हो । लोप हुँदै गएको गिद्ध पछिल्लो पटक धेरै लामो समयपछि हेर्न पाएको स्थानीय वौआलाल यादवले बताउनुभयो ।यसअघि विगत केही महिना अगाडी जिल्लाको नर्घो गाबिसस्थित कोशी पश्चिमी नहरकै डिलमा लोप उन्मुख गिद्ध देखिएको थियो । यसअघि केही वर्ष अगाडी जिल्लाको विभिन्न स्थानमा लोपोन्मुख गिद्ध तथा अन्य जन्तुहरु सजिलै देख्न पाइए पनि अहिले त्यस्ता पशुपंक्षीहरु देख्न छोडिएको वयोबृद्ध देवराम यादवको भनाई छ । मुलुकबाटै लोप हुँदै गईरहेको यस्ता पशुपंक्षीहरुलाई राज्य तथा सम्बन्धित निकायले संरक्षण सम्वद्र्धन गर्नेपर्ने माँग स्थानीय बृद्धिजिवीहरुको रहेको छ ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.