शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
धनुषामा आगलागी नियन्त्रणको पूर्वभ्यास गरियो
चैत्र १८, २०७३ | सरगम खबर समाचारदाता

जनकपुर २०७३ चैत्र १८  : तराइ मधेसका जिल्लाहरुमा प्रत्येक वर्ष हुने आगलागीका घटनाको जोखिम कम गर्नका लागि पूर्वभ्यास गरिएको छ। आगलागीबाट बच्न अपनाउनुपर्ने सतर्कता, आगो नियन्त्रणका क्रममा अपनाइने विधि लगायत विषयको जानकारी पूर्वभ्यास मार्फत दिइएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको अगुवाईमा जनकपुरको तीरहूतीया गाछीमा i आगलागी नियन्त्रण पूर्वभ्यास आयोजना गरिएको थियो। आगलागी पछि जनधनको क्षतिबाट सर्वसाधारणलाई जोगाउनको लागि वरुण यन्त्र र एम्बुलेन्स तुरुन्तै  घटनास्थलमा पुगेको अभ्यासको क्रममा देखाइएको हो। बढ्दो गर्मी र हावाहुरीसँगै देशैभरी आगलागीका घटना हुन सक्ने संभावना लाई मध्यनजर गर्दै आगो नियन्त्रण तथा संभावित आगलागीबाट पीडितहरुलाई पुनर्स्थापना गर्ने तयारीका लागि पूर्वभ्यास रिहर्सलगरिएको हो। यस कार्यक्रममा सुरक्षाकर्मी, सरकारी कर्मचारी, राजनीतिक दल र विभिन्न संघ संस्‍थाको सहभागिता रहेको थियो।खोज तथा उद्धार, प्रामिथक उपचार, आपत्कालिन आवास, खाद्य सामग्री वितरण, खानेपानी तथा सरसफाई लगायतका अति आवश्यक सेवाहरु पिडितहरुलाई कसरी तुरुन्तै प्रदान गर्न सकिन्छ भन्ने विषयमा पूर्वभ्यास केन्द्रित थियो। तराइ मधेस र पहाडका जिल्लामा चैत, वैशाख र जेठ महिनामा प्राय: आगलागीको घटना हुने गरेका छन्। 

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.