शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
ट्रक र बस ठोक्किँदा नवलपरासीमा ५ जनाको मृत्यु , ५
चैत्र १९, २०७३ | सरगम खबर समाचारदाता

नवलपरासी, चैत १९ – नवलपरासीमा ट्रक र बस ठोक्किँदा पाँच जनाको ज्यान गएको छ,भने ५ जना घाइते भएका छन् ।  मध्यविन्दु–७ मा रहेको ४० किलो जंगलमा सनिबार विहान साढे २ बजेतिर पश्चिमबाट पूर्वका लागि छुटेको ना ४ ख ४९९५ नम्बरको बस र त्यही दिशाबाट छुटेको युपी ५८ टी ५४७१ नम्बरको भारतीय ट्रक एक आपसमा ठोक्किँदा पाँच जनाको ज्यान गएको छ ।ईलाका प्रहरी कार्यलय नवलपरासीले दिएको जानकारी अनुसार बसमा रहेका ४ जनाको घटनास्थलमा नै ज्यान गएको छ । यस्तै भारतीय ट्रकका चालकको उद्धारका क्रममा ज्यान गएको छ । दुर्घटनामा मृत्यु भएका ५ जनामध्ये चारको सनाखत भएको छ भने एक जनाको सनाखत हुन् बाकि रहेको प्रहरीले जनाएको छ।

मृत्यु हुने हरुमा दाङका १६ वर्षीय बलीराम चौधरी, १७ वर्षीय वीरवल चौधरी, सुर्खेतका ४० वर्षीय हरिराम जालीमगर र भारतीय ट्रक चालक विहारको बर्गदवाका २५ वर्षीय रियाज खानको मृत्यु भएको छ । घाइते पाँच जनाको मध्यविन्दु सामुदायिक स्मृती अस्पतालमा उपचार भैरहको प्रहरीले जनाएको छ ।

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.