शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहामा गोलभेडा किलोको चार रुपैयाँ , किसान मार्कामा
चैत्र २०, २०७३ | सरगम खबर समाचारदाता

सिरहा २०७३ चैत्र २० । यतिबेला सिरहाको हाटबजारहरु गोलबजार, चोहर्वा, धनगढी , मिर्चैया र लहानमा गोलभेडा प्रतिकिलो ४ रुपैयाँमा मात्रै बिक्री भईरहेको छ । गोलभेडाको मूल्य सस्तो भएपछि कृषकहरु भने चिन्तामा परेका परेकाछन् । एक टायरगाडा भरी गोलभेडा लिएर बिक्री गर्न गोलबजार हाटबजार आएका गोलबजार नगरपालिका २ सिरहाका कृषक माधव थपलियाले  प्रति किलो ४ रुपैयाँका दरले पनि बिक्री नभए पछि पुर्पुरोमा हात लाएर सुस्केरा हाल्दै भन्नुभयो, ‘खै के गर्नु ? मेहनत गर्यो मुल्य पाइदैन । केहीबेर अझै पर्खिन्छु त्यसपछि पनि बिक्री भएन भने फालेर जानुको बिकल्प छैन ।’ थपलिया आफ्नो खेतमा अझै सय क्विन्टल गोलभेडा टिप्नै बाँकी नै बताउनु हुन्छ ।

 माधव थपलिया प्रतिनिधी पात्र मात्र हुनहुन्छ । यस क्षेत्रका गोलभेडा उत्पादन गर्ने अधिकांशक कृषक गोलभेडाको मूल्य नपाएपछि लागनी समेत नउठ्ने चिन्तामा परेका छन् ।   गोलबजार २ कै कृषक गणेशी महतोले १० कट्ठा जमिनमा लाएको लटरम्म फलेका गोलभेडाको बोट काटेर फालिदिएको बताउनु भयो । महतो भन्नुहुन्छ, ‘गोलभेडा टिप्ने र ढुवानी गर्ने मजदुरको खर्च पनि निस्कदैन अनि घरैबाट नगद खर्च गरेर मजदुरलाई दिनुपर्छ । त्यसै कारण काटेर फालिदिए । ’ महतोले थप्नु भयो, ‘अर्को सिजन खेति लाउन पुँजी मासियो । अब खेति लाउन ऋृण लिनु पर्छ । गुरुधाम गाउँका अर्का अगुवा कृषक रामजी यादव भन्नु हुन्छ, ‘गोलभेडाको बजार मूल्य घट्यो, सबैभन्दा महंगो बीउ गोलभेडाको छ । १० कट्ठा गोलभेडा लागउन १० हजारको बिउ खरिद गर्नुपर्छ । ४ रुपैयाँ प्रति किलो बेचेर त गोलभेडा टिप्न लाग्ने मजदुरलाई नै ठिक्क हुन्छ । बीउको मूल्य पनि उकासिदैन ।’ उहाँ थप्नुहुन्छ,‘कमसेकम सरकारले बजार व्यवस्थापनमा सहयोग गरे हुन्थ्यो । गोलबजार २ कै अगुवा कृषक राजकुमार सिंह भन्नु हुन्छ, ‘फागुन महिनासम्म प्रति किलो १० रुपैयाँमा बिक्री भईरहेको थियो तर चैत लागेपछि मूल्य घट्यो । ’ उहाँले आक्रोस पोख्दै भन्नुभयो, ‘ काठामाडौं र पोखरा जस्ता शहरमा अहिले महंगो पैसामा गोलभेडा बिक्री भईरहेको छ । सरकारले बजार व्यवस्थापनमा ध्यान नदिएर भएको हो ।’ कम्तिमा प्रति किलो १० रुपैयाँमा बिक्री भए पनि लगानी उठ्थो भन्ने कृषकहरुको आशा छ । तस्विर : अर्जुन थपलिया 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.