शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
आगलागीबाट ४ लाख बढीको क्षति
चैत्र २०, २०७३ | सरगम खबर समाचारदाता

सप्तरी,चैत्र २० गते।
सप्तरीको छिन्नमस्ता-१ बस्ने बल्लु यादबको घरमा शनिबार आगलागी भएको छ भने आगलागीबाट अन्दाजी ४ लाख ३० हजार बराबरको क्षति भएको बताइएको छ।राती १० बजेतिर अचानक सल्किएको आगोले उनको फुसको छानो भएको र बाँसको बेरा भएको ४ वटा घर, घर भित्र भएको सम्पूर्ण समान, नगद ५० हजार तथा नजिकै रहेको मोहन सदा र कृष्ण सदाको घर बचाउन लडाउने क्रममा उनीहरुको घरमा समेत क्षति हुँदा अन्दाजी ४ लाख ३० हजार बराबरको क्षति भएको पिडितले बताए।आगलागी नेपाल प्रहरी, शसस्त्र प्रहरी, दमकल र स्थानिय मानिसहरुको सहयोगमा राती २ बजे नयन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सखडाले जनाएको छ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.