शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
संसदीय विकास कोषद्धारा ५६ छात्रछात्राहरुलाई साईकल हस्तानान्तरण
चैत्र २०, २०७३ | शुभ नारायण यादव

शुभ नारायण यादव - 
सप्तरी, २० चैत्र । संसदीय विकाष कोषको सहयोगमा सांसद रमणी रामद्धारा शनिबार एक समारोहबिच ५६ जना बालबालिकाहरुलाई साईकल हस्तानान्तरण गरेको छ ।सन्त गुरु रबि दास फाउण्डेशन नेपालको आयोजनामा एक समारोहबिच सांसद रमणी रामको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तगर्त दलित ,गरीब ,जेहेन्दार ५६ जना छात्रछात्राहरुलाई साईकल हस्तानान्तरण गरिएको हो ।उच्च मावि डिमनको विद्यालय प्राङ्गणमा आयोजित एक समारोहबिच सांसद रमणी रामले जिल्लाका विभिन्न विद्यालयका ५६ जना छात्रछात्राहरुलाई साईकल हस्तानान्तरण गर्दै आर्थिक अवस्था कमजोर भएका छात्रछात्राहरुलाई शैक्षिक विकासका लागि सो साईकल हस्तानान्तरण गरिएको बताउनुभयो । उहाँले दलित ,गरीबका बालबालिकाहरु अझै शिक्षाको पहुँचबाट टाढा रहेको भन्दै शिक्षालाई अझै अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो ।

फाउण्डेशनका अध्यक्ष कपलेश्वर रामको अध्यक्षतामा आयोजित सो समारोहमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका क्षेत्रिय अध्यक्ष बिनोद कुमार यादव ,युवा पत्रकार शुभ नारायण यादव ,युवा नेता हुलसित यादव लगायतका बक्ताहरुले फाउण्डेशनको यस्तो साईकल वितरण कार्यक्तमले दलित ,गरीब तथा जेहेन्दार छात्रछात्राहरुलाई पठन पाठनको लागि सहयोग प्रदान भएको बताउनुभयो । 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.