शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहाको दुई स्थानमा सवारी दुर्घटना, ५ घाइते
चैत्र २२, २०७३ | फिरोज शेख

सिरहा, चैत्र २२ गते।
सिरहाको धनगढीमाई नगरपलिका-९ स्थित लोकमार्गमा सोमबार दिउँसो दुई मोटरसाइकल आपसमा ठोक्किदा तीन जना घाइते भएका छन्।पूर्वबाट पश्चिमतर्फ जादै गरेको स ३ प ४४५५ नम्बरको मोटरसाइकल र सोही दिशबाट आउँदै गरेको ना ४५ प ७७७९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको थियो।दुर्घटनामा ७७७९ का चालक धनगढीमाई नगरपालिका-४ का सलिम र पछाडी सवार निजकै बहिनी २३ बर्षिय सैनुन खातुन घाइते भएका छन्। उनीहरुको विराटनगर स्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ भने ४४५५ नम्बरको मोटरसाइकल चालक पोखरभिन्डा- ३ बस्ने २५ बर्षिय परमिन्द्र कामैत समेत घाइते भएकाले स्थानिय अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय धनगढीकोले जनाएको छ।

त्यस्तै धनगढीमाइ नगरपालिका १० स्थित लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ आउदै गरेको स ७ प ५१३ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही ठाउँको  २१ बर्षिय अशोक कुमार साह घाइते भएका छन्।दुर्घटनामा स्कुटर चालक गोलबजार नगरपलिका-५ बस्ने ४० बर्षिय बबिता साह समेतको घाइते भएकाले दुवैको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.