शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
दुधौलीमा प्रसाद खाएपछी ७० जना विरामी
चैत्र २३, २०७३ | सरगम खबर समाचारदाता

सिन्धुली २३ चैत्र बुधबार - 
सिन्धुलीको दुधौली नगरपालिका–११ , मरघट्टीमा पुजाको प्रसाद खाएपछी ७० जना विरामी परेका छन् । गाउँमा नरसिंह खड्काको घरमा लगाईएको पुजामा सोमबार बेलुका प्रसाद खाएका गाउँले मंगलबारदेखी विरामी परेका थिए ।पखाला लाग्ने , ज्वरो आउने , र बान्ता हुने विरामी भएका ७० जनामध्ये ४८ जनालाई स्लाईन नै दिनु परेको स्थास्थ्य चौकी टाँडीका ईन्चार्ज सन्तोष बुढाथोकीले बताए । बुढाथोकीका अनुसार बुधबार साँझ सम्ममा विरामी नियन्त्रणमा आईसकेको र ६ जनाजतिलाई मात्रै उपचार भईरहेको छ ।  गाउँले नै विरामी परेपछी स्थानीय स्वयंम्सेविका पूर्णमाया मगरको घरमा सामुहिक रुपमा उपचार भईरहेको छ । प्रसादको निहुँ देखिएपनि दुषित पानीका कारण पनि एक्कासी धेरै गाउँले विरामी भएको हुन सक्ने स्वयंसेविका मगरले बताईन् ।उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालय सिन्धुली , तथा दुधौली आसपासका स्वास्थ्य संस्थाबाट स्वास्थ्यकर्मीहरु गाउँपुगेका थिए । मंगलबारदेखी सुरु भएको विरामीको संख्या ७० पुगेपनि अहिले विस्तारै विरामी नियन्त्रणमा आईरहेको स्वास्थ्यकर्मीहरुले बताए । छिटो स्वास्थ्यकर्मीहरुको उपचार पाएपछि रोग नियन्त्रणमा आउन सफल भएको हो । गाउँमा एक्कासी धेरै संख्यामा गाउँले विरामी परेपछि गाउँले चिन्तित बनेका थिए ।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.