शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
आगलागीबाट १८ लाखको क्षति
चैत्र २३, २०७३ | सरगम खबर समाचारदाता

उदयपुर् २०७३ चैत्र २३ - 
उदयपुर र सुनसरी बुधबार र बिहिबार भएको आगलागीबाट १८ लाख बराबरको क्षति भएको छ।उदयपुर बेलका नगरपालिका २ मा बिहिबार चर्चमा आगलागी हुँदा ८ लाख बराबरको क्षति भएको छ।बिहान १ बजेतिर कुपीबाट अचानक अगलागी हुँदा टिनको छानो भएको दुई तले चर्च पुर्णरुपमा जलेर नष्ट भएको छ।आगलागीबाट चर्चमा भएको सम्पुर्ण सर-सामान जलेर नष्ट हुँदा सो मुल्य बराबरको क्षति भएको हो।उक्त आगलागी प्रहरी र स्थानिय मानिसहरुको सहयोगमा पुर्ण रुपमा नियन्त्रणमा आएको प्रहरी चौकी भागलपुरले जनाएको छ।यता सुनसरीको बर्जु गाँउपालिका-४ मा बुधबार भएको आगलागीबाट अन्दाजी १० लाख बराबरको क्षति भएको छ।आगलागीबाट सोहीठाँउ बस्ने ललित चौधरीको टिनको छाना भएको २ तले घर लगायत घर भित्र रहेका सम्पुर्ण सर सामान जलेर नष्ट हुँदा सो मुल्य बराबरको क्षति भएको पिडीतले बताए।उक्त आगलागी प्रहरी र स्थानिय मानिसहरुको सहयोगमा नियन्त्रणमा आएको प्रहरी चौकी अमडुवाले जनाएको छ।

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.