शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
मधेशका मसिहा स्व. गजेन्द्र बाबुको जन्मजयन्ती मनाईयो
चैत्र २३, २०७३ | शुभ नारायण यादव

शुभ नारायण यादव - 
सप्तरी, २३ चैत । 
नेपाल सदभावना पार्टीका संस्थापक अध्यक्ष एवं मधेशका मसिहा प्रणेता स्व. गजेन्द्र नारायण सिंहको ८९ जन्मजयन्ती बुधबार राजविराजमा मनाइएको छ । सोही अवसरमा बुधबार बिहान सद्भावना पार्टीका नेता कार्यकर्ताहरुले राजविराजस्थित गजेन्द्र चौकमा सरसफाई गर्नुका साथै स्व. सिंहको शालिकमा फुलमाला लगाए ।जन्मजयन्तीको अवसरमा सद्भावना पार्टीका महासचिव मनिष सुमनले स्व. सिंहको व्यक्तित्व, राजनीतिक उतार चढाव तथा मधेश र मधेशीको हकअधिकारका बारेमा चर्चा गर्नुभयो । उहाँले महापुरुष गजेन्द्र वावुले मेचीदेखी महाकाली सम्मका उत्पिडन मधेशीको अधिकारको लडाईको सुरुवात गर्नुभएको स्मरण गराउनुभयो ।  

मधेशी, जनजाती, मुस्लिम, दलित लगायत उत्पीडित वर्गमाथी वर्षौदेखी हुने गरेको बिभेद विरुद्धको अधिकारको लडाईलाई मेचीदेखी महाकाली सम्म स्वभिमान यात्राको सुरुवात गरी मधेशीलाई आप्mनो अधिकारका लागी लड्न स्व. सिंहले प्रेरित गरेको महासचिव सुमनले स्मरण गराउनुभयो । संघियता, पहिचान, नागरिताको समस्यालाई उठाउने पहिलो नेता स्व. सिंह नै भएको बताउदै महासचिव समुनले मधेशको मसिहाको रुपमा सिंह एउटा छुटै आफैमा मधेशवाद भएको उल्लेख गर्नुभयो ।  सो अवसरमा केन्द्रिय सदस्य भिमराज यादब, केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, जिल्ला अध्यक्ष सुनिल कुमार झा, युवा नेता बिनोद यादब, बिद्यार्थी मंचका केन्द्रिय अध्यक्ष किशोर कुमार यादब, प्रेस मंचका केन्द्रिय सचिव चन्दनकुमार यादब, जिल्ला अध्यक्ष शंभु यादब, मनोज दासलगायतको उपस्थिति थियो ।बि.स.२०४७ सालमा सद्भावना परिषद हुदै नेपाल सदभावना पार्टीको गठन गुर्न भएको स्व. गजेन्द्र नारयाण सिंहको बि.स. १९८४ रामनवमीको दिन जन्म भएको थियो । मधेशीको अधिकारका लागि लड्न उहाँले स्थापना गर्नुभएको पहिलो मधेशी पार्टी नेपाल सद्भावना पार्टी हाल करिब एक दर्जन पार्टीमा विभाजित भइसकेको छ । 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.