शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सञ्चार कर्मी सन्जु राउतको गयो अकालमै ज्यान,कसरी ? हेर्नुस् भिडियो
चैत्र २४, २०७३ | सरगम खबर समाचारदाता

धनराज श्रेष्ठ  - 
कटारी ,२०७३  चैत्र २४ - 
 उदयपुर जिल्लाको गहुँवारिमा मिति २०७३ पौष र २२ गते एउटा दर्दनाक जिप दुर्घटना भयो,त्यसै घटनामा आधारित एउटा मार्मिक  गीत बन्यो । सत्य घटनामा आधारित उक्त गीतको भिडियो पनि तयार भयो उक्त भिडियोमा अकालमै ज्यान गुमाएका एक पात्रलाई प्रतिनिधि पात्र मान्दै अभिनय गरे सञ्चार तथा मोडल सन्जु राउतले । गीतको बोल हो खुशी के नै रहयो उदयपुर को गहुँ बारिमा जिप दुर्घटना भयो प्रकाश राउत र टीका पुनको सुमधुर आवाजमा सजिएको उक्त गीतमा केशव बस्नेतको शब्द अनिसा तामाङको थेगो र अम्मर जिसिको संगीत रहेको छ । घट्ना स्थल मयांखु गहुँबारिमा नै पुगेर छायांकन गरिएको उक्त भिडियो कटारी मरुवा आसपासमा पनि छायांकन गरिएको छ ।कृष्ण पौडेल द्वारा निर्दे्शित यो भिडियोमा सुजन श्रेष्ठले राम्रो संग क्यामेरामा कैद गरेका छन । उक्त सत्य घटनामा आधारित गीतको भिडियोमा एक मृतक पात्रको अकालमै ज्यान गएको जिवान्त अभिनय सञ्चार कर्मी सन्जु राउको छ भने उनलाई साथ दिएकीछिन चर्चित मोडल प्रमिला कार्कीले सन्जु राउत र प्रमिला कार्किको मुख्य भुमिका रहेको उक्त भिडियोमा धनराज श्रेष्ठ लगायत अन्य पात्रहरुको पनि अभिनय रहेको छ । सञ्चारकर्मी  सन्जु राउत हाल युके एफएम १०६.८ मेघाहर्ज कटारी उदयपुरमा कार्यरत हुनुहुन्छ । स्मरण रहोस् उक्त घटनामा ३ जनाले ज्यान गुमाएका थिए तेसैगरि ७ जना सक्त घाइते भएका थिये । उक्त बोलेरो जिप मिति २०७३ पौष २२ गते शुक्रबार कटारी बाट मयांखु जाने क्रममा गहुँवारिमा दुर्घटना भएको थियो ।>

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.