शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा विधुत सुरक्षा दिवस मनाइयो
चैत्र २५, २०७३ | फिरोज शेख

फिरोज शेख लहान २०७३ चैत्र २५ - 
सिरहाको लहानमा विधुत सुरक्षा दिवस मनाइएको छ। विधुतको सुरक्षा , देशव्यापी उपयोग र चुहावट नियन्त्रण सम्बन्धि आम उपभोक्ता लगायत सम्बन्धित सबैमा सचेतना र जागरुकता अभिवृद्धि गर्ने उदेश्यले नेपाल विधुत प्राधिकरणको प्रधान कार्यलय अन्तर्गतका सिरहा सहित सम्पूर्ण कार्यलयहरुमा शुक्रबार  ‘विद्युतीय सुरक्षा, चुहावट नियन्त्रण र किफायती उपयोग, देशको समृद्धिमा सहयोग ‘ भन्ने  नाराका साथ विधुत सुरक्षा दिवस मनाइदै छ।सिरहाको लहानमा सोहि अवसर पारेर नेपाल विधुत प्राधिकरण लहान वितरण केन्द्रले प्रभातपफेरी संगै विधुतीय सुरक्षा तथा चुहावट नियन्त्रण सम्वन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो।लहान वितरण केन्द्रका प्रमुख माधव प्रशाद यादवको अध्यक्षता तथा ईलाका प्रशासन कार्यलय लहानका प्रमुख शोम प्रशाद भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा सुरक्षा निकाय , शैक्षिक संस्था , गैर सरकारी संस्था , संचाकर्मी लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि शोम प्रशाद भट्टराईले विद्युत सर्ट भएर आगलागी हुने, करेन्ट लागेर मृत्यु हुने, मर्मतका समय कर्मचारीको ज्यानै जाने जस्ता जोखिम बढेको र विद्युतीय क्षेत्रमा हुने दुर्घटना न्युनीकरण चुनौतीपूर्ण बनिरहेको भन्दै विद्युतीय सुरक्षाका बारेमा कर्मचारी र उपभोक्ता दुवैलाई चेतनाको आवश्यता रहेको समयमा यस्तो कार्यक्रमको आयोजनाले विधुत चुहावट नियन्त्रणमा सकारात्मक प्रभाव पार्ने बताउनु भयो।

यसैबीच आर्थिक वर्ष २०७३/७४ मा विधुत चुहावट गर्ने व्यक्ति संग १३ लाख ९३ हजार ३ सय २५ रुपैया जरिवाना संकलन गर्दै १३३ वटा विधुत चुहावट गर्ने उपकरण सहित ३५२ जना लाई पक्राउ गरि कारवाही समेत गरेको नेपाल विधुत प्राधिकरण लहान वितरण केन्द्रका कार्यलय प्रमुख माधव प्रशाद यादवले कार्यक्रममा जानकारी दिनु भयो। अगामी दिनमा विद्युतको सुरक्षा, किफायती उपयोग र चुहावटको नियन्त्रण कसरी गर्ने भन्ने विषयमा उपभोक्तालाई जानकारी दिइने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको प्रमुख यादवले बताए।


पछिल्लो समयमा प्राधिकरणले विद्युतीय चुहावट नियन्त्रणलाई अभियानको रुपमा अघि बढाएको छ । काठमाण्डौ उपत्यका सहित चितवन र  पोखरा समेतमा लोडसेडिङ्ग अन्त्य गरिसकेको अवस्थामा अब मुलुकभर नै लोडसेड्ङ्गि अन्त्य गर्ने योजना रहेको नेपाल प्राधिकरणले जनाएको छ ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.