शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सुखीपुरका अनसनकारी भन्दैछन, कि माग पुरा हुन्छ कि हाम्रो लाश
चैत्र २५, २०७३ | सरगम खबर समाचारदाता

रोयाण्टर मण्डल - 
सुखीपुर (सिरहा) चैत्र २५। सुखीपुर नगरपालिकालाई गाउँपालिका बनाएपछि स्थानीयहरुको आन्दोलनको सुनुवाई सरकारले नएिको  भन्दै सुखीपुरवासीहरुले आक्रोश व्यक्त गरेका छन् । सुखीपुर नगरपालिकालाई गाउँपालिकामा रुपान्तरण गरेको सन्दर्भमा कुनै पनि हालतमा हाल घोषणा भएको सुखीपुर गाउँपालिकालाई अब बस्ने मन्त्रिहरुको क्याबनेट बैठकबाट सुखीपुर नगरपालिका कायम  गराउन माग राख्दै  आमरण अनशनमा बसेका ५ युवाका स्वास्थ्य अवस्था चिन्ताजनक बनेको छ । 

यता, आफूहरुको मांग पुरा नभएसम्म आमरण अनसन जारी राख्ने साविक सुखीपुर नगरपालिका बचाऊ सघर्ष समितिका संयोजक विपि भुवन यादबको भनाई छ । यादब लगायतका अनसनकारी भन्दैछन, कि माग पुरा हुन्छ कि हाम्रो लाश उठ्छ ।सिरहाको सुखीपुरमा तीन दिन देखि आमरण  अनसनमा बसेका अनसनकारीको स्वास्थ्य अवस्था बिग्रिदै गएको  प्रति ईलाका हेल्थ पोष्ट कार्यालय सुखीपुरका ईन्चार्ज राजदेब यादबले चिन्ता ब्यक्त गरेको ।डाक्टर यादबले भने अनसनकारीहरुको व्लडप्रेशस लो छ, डिहाइडेसनको  समस्या देखिदै छ । अनसनकारी राम भरोष साहलाई स्लाइनिंग विहानै देखि भई रहेको छ । बाकी चार जनाको अवस्था यस्तै रहे चाँडै स्लाइनिंग गर्नुपर्ने अवस्था आउन सक्छ ।

साविक सुखीपुर नगरपालिका बचाऊ सघर्ष समितिका अध्यक्ष लगायत ५ जना चैत  २३ गते बुधवार बाट अमरण अनसनमा बसेका हुन् । आमरण अनसनमा संघर्ष समितिका संयोजक समेत रहेका, नेपाली काँग्रेसका सुखीपुर नगरका युवा नेता विपी भुवन यादब , नेकपा एमालेका युवा नेता राम किशुन यादब, राम भरोष साह, सघीय समाजबादी फोरम नेपालका हरेराम यादब र विन्देश्वर पजियार बसेका हुन ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.