शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा मधेशी मोर्चाका १८ जना पक्राउ
चैत्र २६, २०७३ | फिरोज शेख

फिरोज शेख लहान २०७३ चैत्र २६ - 
सिरहाको लहानमा एमाले र मधेसी मोर्चाका कार्यकर्ताबीच झडप भएको छ। नेकपा एमालेले लहानको पशुपति आदर्श माविबाट निकालेको जुलुसलाई विथोल्न मधेसी मोर्चाले पनि जुलुस निकाले पछि दुई पक्षबीच तनाब भएको थियो। एमालेले लहान नगरपालिकाको नगरसभा हलमा पार्टी प्रवेश कार्यक्रम राखेको थियो। दुई पक्षबीच तनाब भए पछि संघीय समाजवादी फोरम सिराहाका अध्यक्ष वादल यादव सहित १८ जनालाई प्रहरीले  नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी हिरा बहादुर पाण्डेले जानकारी दिएका छन्।अन्य  पक्राउ पर्ने हरुमा मोर्चाका परियाग लाल यादव ,नविन कुमार यादव , परियाग लाल दास,विवेक दास ,जागेश्वर यादव ,अर्जुन यादव , हरिदेश साह , राम नारायण साह , सुरेन्द्र यादव , सन्तोष यादव ,उमेश कुमार महतो ,संजय कुमार यादव ,रामु महतो , महेश महतो , मुकेश शर्मा ,विन्देश्वर महतो र पशुपति साह रहेका छन्।पक्राउ परेका सम्पूर्ण मोर्चाका नेता तथा कार्यकर्ताहरु लाई इलका प्रहरी कार्यालय लहानमा राखिएको छ। यसै बीच एमालेको कार्यक्रम स्थलमा व्यापक नेपाल प्रहरी र शस्त्र प्रहरी परिचालन गरिएको छ। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.