शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
एमालेले चुनावको माहोल वनाउन भेला समपन्न गरयो
चैत्र २६, २०७३ | सरगम खबर समाचारदाता

जिवछ उदासी - 
लहान, चैत २६ गते । नेकपा एमाले सिरहाले लहान नगरपालिकामका स्थानीय तहको चुनावको माहोल बनाउन  अगुवा कार्यकर्ता भेला समपन्न गरेको छ । सम्पन्न भेलामा दुई हजार भन्दा वढी विभिन्न पार्टी परित्याग  गरेर एमालेमा प्रवेश गरेको त्यस पार्टीले जनाएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा लहान नरपालिकाको पूर्व मेयर मुनि साह , जिल्ला कमिटि सदस्यहरु राज कुमार यादव , राज कुमार साह र अशेश्वर यादवको अगुवाईमा लहान नगरपालिकाका नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले पार्टी परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेको हो । यस्तै नेपाली काँग्रेस चुरे भावर र संघिय समाजवादी परित्याग गरेर एमालेमा प्रवेश गर्ने नव प्रवेशीहरुलाई एमालेका केन्द्रिय सदस्यहरुले फूलको माला र अविर लगाई पार्टीमा भित्रयाउदै स्वागत गरेका थिए । 

पार्टी प्रवेश गर्दै मुनि साहले भन्नुभयो , म पार्टी प्रवेश गरेको होईन, आफनो पुरानो घर फर्केको भन्दै नेकपा एमाले लहान नगरपालिकामा स्थानीय तहको चुनावमा विजय भएरै छाडने विश्वास व्यक्त गर्दै आफू एमाले छोडेर माओवादीमा गएको पश्चताप समेत लागेको भन्दै दुख सुखमा पनि आफनो घर नेकपा एमाले कहिले पनि नछोडने प्रतिवद्धता व्यक्त गर्नुभयो । नेकपा एमालेको केन्द्रिय सदस्यहरु क्रमशः  राम पुत पासवान , जया घिमिरे ,राम चन्द्र यादव , गंगा प्रसाद यादव , लिलानाथ श्रेष्ठ , धर्मनाथ यादव लगायतका नेताहरुले नव प्रवेशीहरुलाई पार्टी प्रवेश गराई स्थानीय तहको चुनावमा एमाले सिरहा जिल्लाको एक नम्वर पार्टी वन्ने उदघोष गरेका छन । मधेशमा एमाले समाप्त गर्नेहरुको लागि मुख नै वन्द भएको उहाँहरुले भन्दै एमाले संविधान कार्यान्वयन र मुलुकको समृद्धिकोको लागि काम गर्ने पार्टी भएकोले प्रवेशको लहर नै आएको बताउनु भएको छ  ।  

नेकपा एमाले सिरहाले लोकतान्त्रिक विधिलाई नमानेर एमाले नेता कार्यकर्ताहरुमाथि हमला गर्ने कार्य मधेशी मोर्चाले नरोके प्रतिकारमा उत्रने निर्णय पनि भेलाले गरेको छ । हामी धैर्य गरेकोले  नजायज फाईदा मोर्चाले उठाईरहेको भन्दै एमाले अब चुप नलाग्ने च्नावको लागि माहोल वनाउन वाडा वाडामा जाने छ । जनताको साथ पाएर चुनावमा जित हासिल गर्ने छ । मोर्चाले जहाँ अवरोध गर्छ त्यहि एमालेले प्रतिकार गर्ने धारणा भेलालाई सम्वोधन गर्दै नेताहरुले आफनो धारणा व्यक्त गरेका छन । लहानको नगर सभा हलमा आयोजना गरेको कार्यक्रममा एमाले कार्यकर्ताहरु जान लागेको वेलामा छापामार शैलीमा मधेशी मोर्चाको कार्यकर्ताहरु लुकेर पशुपति माविको मैदानवाट  ढुङगा हानेपछि एमाले कार्यकर्ताहरुले प्रतिकार गर्दा मोर्चाका कार्यकर्ताहरु भागेका थिए । भाग्ने क्रममा प्रहरीले पाँच जनालाई नियणत्रणमा लिएपछि मोर्चाका कार्यकर्ताहरुले केहि वेर सडक अवरुध गरेपछि फिेरि प्रहरीले १२ जना गरि १७ जनालाई नियणत्रणमा लिएको ईलाका प्रहरी कार्यालय लहानका डिएसपी हिरा वाहादुर पाण्डेले जानकारी दिनु भएको छ । भेलmा सकेपछि एमाले कार्यकर्ताहरुले लहान वजार परिक्रमा गरि चुनावमा भाग लिन सवैमा अपिल गर्दै स्थानीय तहको चुनावको मिति नसार्न नारा समेत लगाएका थिए । 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.