शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
संविधान कार्यान्वयन गरेर समृद्धितर्फ लागौ ः पूर्व राष्ट्रपति यादव
चैत्र २७, २०७३ | सरगम खबर समाचारदाता

जिवछ उदासी - 
लहान , चैत २७ गते । पूर्व राष्ट्रपति डा. राम वरण यादवले संविधान कार्यान्वयन गरेर मुलुकलाई समृद्धिको वाटोमा डोरयाउन सवै एक भएर लाग्न सवैलाई आग्रह गर्नु भएको छ । सिरहाको दक्षिणी सिमावर्ती औरही गाँउपालिकामा आयोजित गायत्री माहायज्ञको उदघाटन गर्दै यस्तो आग्रह गर्नु भएको हो । संविधान दलहरुको साझा दस्तावेज भएकोले सवै मिलेर नै कार्यान्वयन गर्नपर्छ भन्दै संविधान कार्यान्वयन गर्न तिन वटै चुनाव आवश्यक रहेकोले चुनावी माहोल वनाउन तराई मधेशको समस्यालाई पनि संविधान संशोधनकै माध्यमवाट समस्याको गाठो फुकाएर चुनावमा लाग्नुको विकल्प नरहेको उहँले बताउनु भयो । 

हिमाल पहाड र तराईको अटुट एकता नै नेपालको राष्ट्रियताको आधार समेत भएको भन्दै अतिवादी शक्तिहरुलाई परास्त गर्न सहमति सहकार्य र एकताको संस्कृतिलाई निरन्तरता दिन सवैमा अहवान गर्नुभयो । मानव कल्याण नै हाम्रो धर्म हो भन्दै पूर्व राष्ट्रपति यादवले चुरे जोगिए मात्रै तराई मधेश जोगिने भएकोले चुरेको संरक्षणमा सवैको ध्यान जानुपर्नेमा जोड दिनुभयो । चुरेको माटो , चुरेलाई सफा पानी हामी सवैलाई भन्ने नरालाई व्यवहारमा उतार्न चुरे क्षेत्रवाट भईरहेको दाउरा निकासी वन जंगल फडानी अवैद्य वालुवा गिटी निकासी रोक्न जन चेतना फैलाउन समेत सरोकारवालाहरुले लाग्नुपर्ने अहवान पूर्व राष्ट्रपति यादवले गर्नुभयो । 

महायज्ञको उदघाटन कार्यक्रममा शान्ति मन्त्री सिता देवी यादवले भन्नुभयो , संविधान संशोधन नभए घोषित स्थानीय चुनाव २ नम्वर प्रदेशमा संभव नभएकोले संविधान संशोधनको प्रक्रिया अगाडि वढाउन र मधेशको माँग पुरा गर्न सरकार लागि परेको अश्वासन दिहै संशोधन पनि हुने र चुनाव पनि हुने दृढता व्यक्त गर्नु भयो । तरुण दलको केन्द्रिय सदस्य समेत रहनु भएको सिद्धार्थ यादवको अगुवाईमा सुख शान्ति र अमन चयन कायम गर्नको लागि चार दिन सम्म चल्ने त्यस गायत्री महायज्ञमा लाखौ भक्तजनहरु आउने विश्वास आयोजकले व्यक्त गर्नु भयो । 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.