शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नयाँ वर्षमा सलहेश फूलवारीमा भव्य मेला , भक्तजनहरुको घुईचो
बैशाख १, २०७४ | सरगम खबर समाचारदाता

जिवछ उदासी लहान,  २०७४ बैशाख १ - 
लहान नगरपालिकाको मुख्य चोकदेखि  तिन किलोमिट पशिचममा पर्ने पहिलेको  पडरिया र शिश्वनी गाविस अहिले लहान ११ र लहान १२ पर्ने सलहेश फूलवारीमा ठिक वैशाख १ गते नै हारमको रुखमा सुनाखरी फूल फूलने विशेषताले गर्दा ठूलो मेला पौराणिककालदेखि लाग्दै आईरहेको छ । के मधेशी के पहाडी , के हिन्दु के मुस्लिम सवै समुदायको नयाँ वर्षको सूरुवातसंगै सलहेश फूलवारीको शितल छहारीले आफूतिर आकर्षित मात्रै गर्दैन लोक नायक सलहेशको गथा र कथाले समाजिक न्याय र धार्मिक अस्थाले ओप पोत समेत गराउदै आइरहेको जनविश्वासले यस मेलामा भारतीय तीर्थ यात्रीहरुको ठूलो घुईचो समेत लागेको छ। यस फूलवारीमा लाग्ने वैशाख १ गतेको भव्य मेला लाई वार्षिकीको रुपमा मात्रै सिमित नगरी वर्षै भरि धार्मिक पर्यटकहरुको ओईरो लाग्ने गरि विकासको लागि अब सवै साझा मञ्च वनाएर लाग्नुपर्ने धारणा तेश्रो सगरमाथा महोत्सवको उदघाटन समोरोहमा नेपाल सरकारका शहरी विकास मन्त्री डा. नारायण खडका , नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा सभासद पदम नारयण चौधरी , दलित जनजाती पार्टीका अध्यक्ष तथा सभासद विशेन्द्र पासवान उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य अशोक अग्रवाल , जिल्ला विकास समिति सिरहाका स्थानीय अधिकारी गोपाल कुमार अधिकारी लगायतकाहरुले लहान महोत्सवकले सलहेशको गथालाई उजागर गरि पयृटकीय क्षेत्रको रुपमा विकास गर्न लाग्नुपर्ने बताउनु भएको छ । यसलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरेर चुरे संरक्षणलाई समेत जोडनुपर्ने धारण यस पटकको स्थानीय चुनावमा विभिन्न राजनीतिक दलहरुले आफनो चुनावी घोषणा पत्रमा उल्लेख गर्ने प्रतिवद्धता जनाएका छन । 

लहान नगरपालिकाको पूर्व मेयर मुनि साहका अनुसार आफूहरु नगरपालिकाको प्रमुख भएको वेला सलहेश फूलवारी नगरपालिकामा नपरेको कारण चाहे जति गर्न नसकेकै हो । तर यतिवेला लहान नगरपालिका भित्र अटाईसकेको सलहेश फूलवारीको विकास वार्षिकी उत्सवमा मात्रै सिमित नगरेर पर्यटकीय क्षेत्रको लागि चाहिने पूर्वाधारहरु तयार गर्न सिरहा जिल्लाका समपूर्ण राजनीतिक दलहरु एकै मञ्चमा प्रतिवद्धता व्यक्त गरेर अघि वढे यस फूलवारीमा वर्षैभरि पयृटकहरुको ओइरो लाग्ने विश्वास व्यक्त गर्नु भएको छ । अहिले पर्यटन वोर्डवाट सडक धर्मशाला निर्माण भएपनि शान्ति सुरक्षाको साथै होटेल तथा लँजहरुको निर्माण कार्य अगाडि वढै हवातै विकास हुने प्रवल संभावना रहेको छ । लहान नगरपालिकाले विस्तार भएको गाविसहरुमा रहेको पर्यटकीय क्षेत्रहरुलाई धार्मिक रिङग रोड वनाएर जोडन गृहकार्यमा लागि सकेको नगरपालिकाको कार्यकारी अधिकृत कृष्ण वाहादुर कार्कीले जानकारी दिनु हुँदै सवै दलको सहयोग र प्रतिवद्धताले मात्रै सफल हुने भएकोले सलहेश फूलवारी जस्तो ऐ्ितहासिक सांस्कृतिक धार्मिक स्थलको विकासको लागि एक भएर लाग्न आग्रह गनु भएको छ । 

रेश्मा , कुश्मा र दौनाले सलहेश संगै बिहे गर्ने सपना पुरा नभएपछि सम्झनाको लागि नयाँ वर्ष बैशाख १ गते नै प्रत्येक वर्ष फूल फूल्ने गरेकोले भारत नेपालका लाखौ दर्शनालु भक्तजनको घुईचो लाग्ने गरेको छ । १२ विगहाको फूलवारीमा चारैतिर मूल फूटेर पानी वगिरहेको हुन्छ । फूलवारीमा प्रवेश गरेपछि शान्ति र प्रेमको भाव आफै उत्पन्न हुने गरेकाले त्यस भेगका मानिसहरुलाई मात्रै होईन, भाकल गर्ने जोसुकैको मनोकामना पूरा हुने गरेकोले भारतको पटना विहार वंगाल र दिल्लीसम्मको दर्शकहरु आउने गरेका छन । मेलामा आउने लाखौ भक्तजनहरुमध्ये तिस प्रतिशत भारतीय दर्शक रहने गरेका छन । 
लहान ११ मा ७५ प्रतिशात र शिश्वनी  २२ मा २५  प्रतिशत फूलवारीको भूभाग परेकोले दुवै वाडाका अगुवाहरु  एक भएर सलहेश फूलवारीको ऐतिहासिक गथा र विरताको धार्मिक मूल्य मान्यता रहेकोले पर्यटन क्षेत्रको रुपमा विकास गर्न जुटनु पर्ने स्थानीयहरुको बुझाई रहेको छ । राजा सलहेश , भाई मोतिराम र बुधेश्वरले लहानदेखि पाँच किलोटिर उत्तरमा रहेको गोविन्पुर गाविसको मानिक दहमा स्नाान गरेर सलहेश फूलवारीमा फूल टिपेर फूलवारीको उत्तर पशिचम पट्टि रहेको अखडाहामा कुस्ती खेलेर सिरहा सदरमुकाममा रहेको मैसोथामा पूजा गर्ने सलहेशको सम्झनामा तिनै ठाउमा मेला लागे पनि सलहेश फूलवारीको मेला तुल्नात्मक रुपमा विशाल रहेको मन्दिरका पूजारी विरदेव धामीको भनाई रहेको छ । 

फूलवारी संरक्षण समितिको सदस्यको रुपमा रहेको मो. मन्सुर भन्नुहुन्छ–सलहेश फूलवारीमा के हिन्दु के मुस्लिम सवैको कदर उस्तै छ । आफू मुस्लिम जातीको भए पनि सलहेशको महिमा प्रति अगाध श्रद्धा रहेको छ । हाम्रो वालवच्चा सवैलाई कल्याण् गर्ने सलहेशको महिमा वेजोड रहेको भन्दै सलहेश फूलवारी सवैको साझा फूलवारी नै रहेको छ । उहाँको अनुसार आफनो उमेर ६० वर्ष हुन लाग्यो बैशाख १ गते यत्रो ठूलो मेला कहि पनि नदेखेको अनुभव साटनुहुन्छ । मन्दिरका पूजारी धामीका अनुसार यस मन्दिरको पूजा दुनुवार जातीले पन्ध्रौ पुस्तादेखि गर्दै आईरहेको बताउदै पासवान जातीले आफनो कुल देवता भएको दावी गरेर विवाद खाडा गरेको वेला दुनुवार जातीले गरेको पूजा सलहेशले स्वीकार गरेकोले दुनुवार जाती नै पूजा गर्दै आईरहेको सुनाउदै आफनो पुर्खा जोखन धामीले राखेको मुशहर जातीको  नोकरले सलहेश फूलवारीमा भैसी चराउन आँउदा एउटा भैसी हराएको थियो । रातीतिर नोकरले फूलवारीमा भैसी खेज्न आउदा सलहेशले दर्शन दिदै आफनो मालिकलाई बोलाएर ल्याउ अनि भैसी भटाई हाल्छौ भन्ने शर्तमा जोखन धामीलाई सलहेशले आफनो पूजाको शर्त धामीले स्वीकारेकोले अहिले सम्म दुनुवार जातीका धामीहरुले नै परापूर्वकाल देखि नै पूजा गर्दै आईरहेको बताउनु भयो । 

सलहेश फूलवारीमा हारम पाकैर , लावा सोहरा र विभिन्न जडीवुटी रहेको यस फूलवारीको शितल जल ग्रहण गरेपछि जस्तो सुकै रिस क्रोध भए पनि शान्त हुने गरेको धामीले बताउदै यस भेगमा अहिले पनि कुनै धार्मिक अनुष्ठान गर्दा कलश भर्नको लागि सलहेश फूलवारीका पानी प्रयोग गर्नुको साथै हैजा माहामारी आउदा पनि सलहेश फूलवारीको पानी औषधी मानेर खाएपछि निको हुने गरेका छन । निःसन्तान आईमाईहरुले सलहेश फूलवारीमा दर्शन गरेर सन्तान माँग गर्दा सन्तान पाउने गरेकोले प्रप्त सन्तानको मुण्डन गराउन आउने गरेका छन । बैशाख १ गते लाग्ने सलहेश फूलवारी सम्पन्न भएपछि पतारी पोखरी , पकडीया गढ भक्तजनहरु मेला हेर्न जाने गर्छन । सलहेश फूलवारीलाई वार्षिकीको रुपमा मात्रै सम्झना गर्नाले हुदैन । पर्यटन क्षेत्रको रुपमा यसको विकास गर्नु पर्ने पडरिया गाविसका पूर्व अध्यक्ष मागैन कामैतको भनाई रहेको छ । तिन वर्ष अगाडि सलहेश महोत्सवको आयोजना गरेको भन्दै राष्ट्रपति राम वरण यादवले सलहेश फूलवारीलार्इृ पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नु पर्ने उहाँको भनाईलाई सकार गर्न सवै पक्ष लाग्नु पर्ने बताउनु भयो । 

यता उद्योग वाषिज्य संघ लहानले सलहेश फूलवारी लगायतका आधा दर्जन जति पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार र संवर्धनको लागि तेश्रो सगरमाथा महोत्सव आयोजना गरेको भन्दै मानिकदह , पकडिया गढ , सलहेशफूलवारी , पतारीको पताल पोखरी , वालासुन्दरी भगवती भगवानपुर , माई स्थान पोर्ताहा र देवी स्थान ढोडनालाई जोडेर सडक निर्माण गरेपछि सिरहाको कायापलटमा निकै सहयोग पुग्ने उहाँको भनाई रहेको छ । स्थानीय भाषा ,काला संस्कृति धार्मिक पर्यटकीय विकास र स्थानीय उत्पादनमा जोड दिन तेश्रो सगरमाथा महोत्सव वैशाख ६ गते सम्म लहानमा आयोजना गरेर सलहेश फूलवारीको महिमा समेत उजागर गर्न लागेको अध्यक्ष सुनिल कुमार महतो भन्नुहुन्छ । स्थानीय चन्द्रदेव यादवको अनुसार सलहेश फूलवारीको ११ विघा क्षेत्र भित्र माछा मार्ने , काठा दाउरा सुकेको र काँचो समेत तश्करी भईरहनु , गाई भैसी फूलवारी क्षेत्रभित्र प्रवेश गरेर निर्माण गरेका धर्मशाला भत्काउने फोहर गर्ने र प्रहरी सुरक्षा नभएको कारण लागु औषध सेवन गर्ने  जमातको अखडाहा भैरहेको जस्ता समस्याहरु समाधान गर्न लहान नगरपालिका उदासिन हुनुले नगरपालिकाका गाभिए पनि प्रगति नभएकोले स्थानीयहरु चिन्तित भएको अर्का स्थानीय राम विहारी यादवको भनाई रहेको छ । भरतीय तिर्थ यात्रीहरु सलहेश फूलवारीको मेला हेरेपछि नजिकै रहेको पकडिया गढ , पताईर पोखरी हेरेर समेत फर्किने गरेकोले लहानमा भक्तजनहरुको घुईचो दुई दिन अगाडिदेखि नै वढने गर्नाले स्थानीय व्यपारीहरु समेत नयाँ वर्षको सुरुवातसंगै हर्षित हुन थालेको स्थानीय व्यापारीहरु बताउछन । यसै बीच सप्तरी सुरुङ्गा नगरपालिका वडा नम्बर ६ श्रीपुर बाबा गमकलाल महन्तको वास स्थानमा रहेको पिपलको बोटमा बिहिबार सुनाखरी फूल फुलेकोले त्यहा फुलेको फुलहेर्नेहरुको पनि घुइचो लागेको छ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.