शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
शिक्षकको पेशागत विकासका लागि १० दिने तालिम सुरु
बैशाख ४, २०७४ | फिरोज शेख

फिरोज शेख लहान २०७३ बैशाख ४ - 
शिक्षकको पेशागत विकासका लागि १० दिने तालिम आइतबार देखि सिरहामा सुरु भएको छ । विद्यालयको शिक्षण सिकाइ प्रक्रियालाई  प्रभावकारी बनाइ शैक्षिक उपलव्धिमा सुधार ल्याउने उद्देश्यले सन्चालन गरिएको उक्त तालिममा आधारभूत  तह्का ५० जना शिक्षक सहभागी रहेको अगुवा स्रोत केन्द्र सिरहाका स्रोत व्यक्ति काशिंद्र यादबले बताएका छन  ।तालिमलाई  उपलव्धिमुलक बनाउन सहभागी शिक्षकहरुलाई तालिमको गतिविधि सम्बन्धी ४० अंक ,बिद्यालयको अभ्यास कार्य सम्बन्धी १० अंक ,तालिम कक्षामा समूह कार्य , व्यक्तिगत कार्य र गृहकार्य सम्बन्धी रुचि र क्षमता प्रदर्शनमा १० अक ,  संगै विद्यालयको अभ्यास कार्य तथा प्रतिबेदन स्म्बन्धी १० अंकको  मुल्यांकन बाट मार्कको अधारमा प्रमाण पत्र दिइने स्रोत व्यक्ति यादवले बताए ।जिल्ला शिक्षा कार्यालय सिरहाले आयोजना गरेको उक्त तालिमको सहजीकरण जिल्ला शिक्षा अधिकारी अरविन्द लाल कर्ण ,विद्यालय निरिक्षक भवानी कट्टेल , भोगेन्द्र यादव ,स्रोत व्याक्ति काशिंद्र यादव लगायतले सहजीकरण गरेको अगुवा स्रोत केन्द्र सिरहाका विद्यालय निरिक्षक बुद्धिमान दनुवार लाई उध्रिद गर्दै सिरहा  बाट परशुराम साहले जानकारी दिएका छन ।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.