शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
बस दुर्घटनामा चालकको मृत्यु, एक घाईते
बैशाख ६, २०७४ | सरगम खबर समाचारदाता

सिरहा, बैशाख ६ गते।
सिरहाको गोलबजार नगरपालिका ३ स्थित लोकमार्गमा बिहिबार बिहान बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन्।काठमाण्डौवाट यात्रु लिएर काकडभिट्टा आउँदै गरेको ना ६ ख ४९७७ नम्बरको फिफा बस बिहान ४;१० बजे तिर अनियन्त्रित भई सडकमा पल्टिएको थियो।दुर्घटनामा परी बसका चालक अन्दाजी ३५ बर्षिय श्याम ढकालको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ। बसमा सवार ३३ जना मध्ये जिल्ला ललितपुर नक्खु १४ बस्ने ३२ बर्षिय सुरेश देवकोटा घाईते भई उपचारकालागी  भुमिजा अस्पताल गोलबजारमा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ।

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.