शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
बलिउड अभिनेता विनोद खन्नाको निधन
बैशाख १४, २०७४ | सरगम खबर समाचारदाता

एजेन्सी २०७४ बैशाख १४ - भारतीय अभिनेता विनोद खन्नाको निधन भएको छ। मुम्बईको एक अस्पतालमा उपचाररत ७० वर्षीय खन्नाको बिहीबार निधन भएको हो। खन्ना क्यान्सरको उपचार गराइरहेका थिए। उनको कमजोर स्वास्थ्यस्थिति दर्शाउने फोटो केहीदिन पहिला भाइरल भएको थियो। उनलाई रक्त क्यान्सर भएको बताइएको छ। खन्नाको परिवारले भने उनको स्वास्थ्यस्थितिबारे जानकारी दिन अस्वीकार गरेको आजतकले लेखेको छ। विनोद खन्नाले १९६८ मा बलिउडमा डेब्यु गरेका थिए। उनले सुरुवाती समय केही साना रोलमा खेले। 'मेरे अपने', मेरा गाउँ मेरा देश र अचानक फिल्ममा अभिनय गरेपछि उनी दर्शकमाझ लोकप्रिय बने। सन् १९७१ मा फिल्म 'हम तुम और वो'मा एकल अभिनय पाए।


खन्नाले 'मेरे अपने', 'कुर्बानी', 'पूरब और पश्चिम', 'रेशमा और शेरा', 'हाथ की सफाई', 'हेरा फेरी', 'मुकद्दर का सिकंदर' जस्ता फिल्ममा अभिनय गरेका थिए। त्यस्तै उनले बलिउडलाई 'इम्तिहान', 'इन्कार', 'अमर अकवर एन्थोनी', 'लहुका दो रंग' लगायत थुप्रै सुपरहिट फिल्म दिएका छन्खे। उनी आफ्नो समयका बलिउडका सर्वाधिक ह्‍यान्डसम अभिनेतामध्ये एक मानिन्थे। विनोद खन्ना भारतीय जनता पार्टीका तर्फबाट पन्जावको गुरदासपुरबाट लोकसभा सांसद बनेका थिए।   उनको जन्म सन् १९४६ अक्टोबर ७ मा पाकिस्तानको पेशावरमा भएको थियो। भारत-पाकिस्तान विभाजन पछि उनको परिवार मुम्बई आएको थियो।

भोजपुरी नायिका अक्षरा सिंह आज लहान
बैशाख ६, २०८१ | फिरोज शेख
गीतकार समिर खानको हिन्दी गीत “ओ
मंसिर २, २०७९ | फिरोज शेख
अश्लिल गीत गाउनेलाई कार्वाही गर्न गायक
साउन २१, २०७९ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.