शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
दुई वर्षीय बालक आफ्नै घरबाट बेपत्ता , अपहरण गरेको आशङ्का
बैशाख १४, २०७४ | फिरोज शेख

फिरोज शेख २०७४ लहान बैशाख १४ - 
सिरहाको नरहा गाउँपालिका ३ खोरिया बत्राही भन्ने ठाउमा आफ्नै घरबाट बुधबार बेलुका देखि हराइरहेका दुई वर्षीय नाबालक अझै भेटिएको छैन। स्थानीय रामभरोसी यादवका कान्छो छोरा रमन यादव बुधबार बेलुका ७ बजेदेखि हराइरहेको बाबु रामभरोसीले जानकारी दिएका छन्। बेलुका घरमा दाजु र दिदीसँग बसेर पढेका रमन एक्कासी हराएपछि सबैतिर खोजी गर्‍यौं तर कतै भेटिएको छैन’ बाबु रामभरोसीले भने। छिमेकीको घर र सम्भावित सबै ठाउँहरुमा  खोज तलास गर्दा पनि नभेटिएपछि बिहीबार बिहान इलाका प्रहरी कार्यालय मिर्चैयामा खोजीका लागि उजुरी दिएको बाबु रामभरोसीले जानकारी दिए। इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक गजुसिद्धी बज्राचार्यले सम्बन्धित परिवारले नाबालक खोजीका लागि उजुरी दिएको जानकारी दिंदै त्यसका लागि प्रहरी परिचालन गरिसकिएको बताए। रमन लाई पुरानो रिसइवीको कारण कसैले अपहरण गरेको हुन सक्ने आशङ्का गरिएको छ।   

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.