शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
पूर्वमा अत्याधिक गर्मी बढ्यो : जनजिवन प्रभावित : अस्पतालमा बिमारीको
बैशाख १५, २०७४ | फिरोज शेख

फिरोज शेख , लहान २०७४ बैशाख १५ - 
पूर्वका जिल्लाहरुमा  एकाएक अत्याधिक गर्मी बढेको छ । हावा पानी फील्डको कार्यलय विराटनगर विमानस्थल शाखाका कर्मचारी सुधिर चौधरीका अनुसार शुक्रबार विराटनगर सहित पूर्वका जिल्लाहरुमा अहिलेसम्मको उच्च तापक्रम रेकड भएको जनाएका छन । पूर्वका जिल्लाहरुमा गर्मी शुरुभएयता शुक्रबारको   तापक्रम ३९ .२ डिग्री सेल्सीयस तापक्रम रहेको छ। यसअघि विहिबार ३८.२, बुधबार ३६.२, मंगलबार ३६.४ डीग्री सेल्सीयस र सोमबार ३५ .६ डिग्री सेल्सीयस तापक्रम रेकडभएको हावा पानी फील्डको कार्यलय विराटनगर विमानस्थल शाखाका कर्मचारीले जानकारी दिएका छन् । धुलो,हिलो र अत्याधिक मात्रामा गर्मी बढेपछी सिरहा ,सप्तरी ,उदयपुर , सुनसरी , झापा , मोरंग लगायतका बासीले सास्ती बेहोर्नु परेको छ ।गर्मीको कारण मानिषहरुलाई घरबाट निस्कीदा सकस हुने गरेको छ । बाध्यताबस सर्वसाधारण तथा सरकारी कर्मचारी आ–आफनो कामकालागी निस्कीने गरेका छन्। गर्मीका कारण सिरहामा रहेको सरकारी अस्पताल राम कुमार सारडा उमा प्रसाद मुरारका स्मारक अस्पताल लहानमा बिरामीको संख्यामा बृद्धि भएको छ ।  झाडापखाला, निमोनीया, डाईरीया, दमका बिरामीको संख्या बृद्धी भएको अस्पतालका निमित मेडिकल सुपरीडेन्ट डा. सुनिल कुशवाहाले जानकारी दिनुभएको छ । कुशवाहाका अनुसार गर्मि बढे संगै आज भोली निमोनियाको बिरामीको संख्या ४ देखी ५ जना , झाडापखाला  १० देखी १५ जना र डाईरीयाको १० देखी १५ जना सम्म दैनिक  रुपमा बिरामी आउने गरेको बताउनु भयो। निमोनीया र डाईरीया बिरामीहरु मध्ये ६ महिना देखि ५ बर्ष मुनीका बालबालिकाहरु बढी मात्रामा प्रभाबित भएको र दैनिक रुपमा आउने गरेको  बताउनु भएको छ । 

सिरहा , सप्तरी , उदयपुर जिल्ला लगायतको बिरामीहरु आउने गरेको यस अस्पतालमा  ६ जना मात्रै डाक्टर रहेको भन्दै  बिरामीको संख्यामा बृद्धी भएकोले १५ देखी १६ जना डाक्टरको आवश्यकता रहेको बताउनु भयो  । १५ शैया  बेडको  स्वीकृति भएको यस अस्पतालमा  बिरामीको संख्यामा  विर्द्धि भएका कारण  अस्पताल बिकास समिति ले ५० ओटा बेडको ब्यबस्था गरेको लहान  अस्पताल बिकास समतिका अध्यक्ष  फुलेश्वर महतोले बताउनु भयो । गर्मी याममा सालमोनेला टाईफि नामक किटानु का कारण यो रोगको संक्रमण बढी रुपमा हुने भएकोले खानपान मा ध्यान दिनुपर्ने , मास्कको प्रयोग गर्नुपर्ने , जथाभाबि रुपमा होटलको खाना खान नहुने , सकभर फिल्टरको पानी खानु पर्ने डाक्टरको सुझाव रहेको छ ।

यता विराटनगरमा रहेको कोशिअञ्च अस्पतालमा पनि झाडापखाला, निमोनीया, डाईरीया, दमका बिमारी बढेको कोशिअञ्च अस्पतालको आकास्मीक शाखाका डाक्टर पुरन साहाको भनाई छ । उहाँले भन्नुभयो,‘ दैनिक १५ देखि २० जना गर्मीको समस्याकाकारण विमारी भएर अस्पताल आउने गरेका छन ।डाक्टर साहाले गर्मीबाट बच्न छाता, अथावा लामो बाहुला भएको तथा शरीर छोप्ने खालका कपडा लगाएर घामबाट बच्न सकीने सुझाव दिएका छन । 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.