शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
खुल्यो कटप्पाले 'बाहुबली' लाई मार्नुको रहस्य
बैशाख १५, २०७४ | सरगम खबर समाचारदाता

एजेन्सी, मुम्बई बैशाख १५ - 
२७० करोडमा बनेको भारतको अहिलेसम्मकै सर्वाधिक महंगो फिल्म 'बाहुबली २' आजबाट रिलिज भएको छ । योसँगै पहिलो पार्टको रिलिजको २२ महिनापछि दर्शकहरुले यसको जवाफ पनि पाएका छन् कि 'आखिर किन मारे कटप्पाले बाहुबलीलाई ?' यसको जवाफ यो हो कि कटप्पाले राजमाता शिवगामीको भनाई मानेर बाहुबलीलाई मारेका हुन्छन् । फिल्ममा यसको कारण विस्तृतमा बताइएको छ । 
 
बाहुबलीका प्रोड्यूसर शोबु यरलागड्डा, डायरेक्टर एसएस राजामौली, कथाकार विजयेन्द्र प्रसाद र बाँकी क्रू-मेम्बर्सले दैनिक भाष्करसँग कुराकानी गर्दै बाहुबलीको सुरुवाती स्क्रिप्टमा कटप्पाले बाहुबलीलाई मार्ने कुनै प्लान नभएको बताएका छन् । खबरका अनुसार, यो सिनको ठाउँमा कहानी अरु नै थियो । 

'बजरंगी भाईजान' र 'बाहुबली' जस्ता फिल्मको कहानी लेखिसकेका विजयेन्द्रले भने, 'पहिला हामीले कटप्पा र बाहुबलीको यो ड्रामाटिक सिनको कहानीमा ऐड गरेका थिएनौं । तर, क्रू मेम्बरले फिल्ममा ड्रामा ऐड गर्ने सुझाव दिएपछि यो सिन सबैभन्दा अन्तिममा जोडिएको थियो । यदी ड्रामाको डिमान्ड नभएको भए सायद यो प्रश्न हुँदैन थियो कि कटप्पाले किन मारे बाहुबली ? अहिले यो फिल्मको प्राण बनेको छ ।' 
 
फिल्मका एक क्रू-मेबरले नाम नबताउने शर्तमा भने, 'कटप्पाले बाहुबलीलाई किन मारे ?  यो सिन सुट गर्नलाई लिएर डायरेक्टर-प्रोड्यूसरले निकै सिक्रेसी उपनाएका थिए । छायांकनको दौरान केही इन्फर्मेशन लिक समेत भएको थियो । यसैको कारण करिब १५० क्रू-मेम्बर्सलाई गोपनियताको शपथ खुवाइएको थियो । गोपनियताको शपथ त्यतिबेला खुवाइएको थियो जतिबेला कटप्पाले बाहुबलीलाई किन मारे भन्ने प्रश्नको सुट भैरहेको थियो । यतिमात्र होइन, यो सिनसँग जोडिएको इन्फर्मेशन लिक गर्नेमाथी फाइनेन्शियल पेनाल्टी र सजाय दुवै हुन सक्थ्यो । कयौं दिनसम्म त सेटमा हाम्रो फोन समेत अफ गरिएको थियो ।'

भोजपुरी नायिका अक्षरा सिंह आज लहान
बैशाख ६, २०८१ | फिरोज शेख
गीतकार समिर खानको हिन्दी गीत “ओ
मंसिर २, २०७९ | फिरोज शेख
अश्लिल गीत गाउनेलाई कार्वाही गर्न गायक
साउन २१, २०७९ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.