शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
अन्तर्राष्ट्रिय मजदुर दिवस विभिन्न कार्यक्रम गरि मनाइदै
बैशाख १८, २०७४ | फिरोज शेख

फिरोज शेख लहान २०७४ बैशाख १८ -
सिरहा सहित देशै भर सोमबार मे १ का दिन अन्तर्राष्ट्रिय मजदुर दिवस विभिन्न कार्यक्रम गरी  १२८औं मजदुर दिवस मनाइँदै छ। राजनीतिक दलआबद्ध मजदुर संगठनहरूले विभिन्न कार्यक्रम गर्दै सिरहाको लहानमा जुलुस निकालेका छन्। लहानको पशुपति आदर्श उच्च माविको प्रांगण बाट निस्केको उक्त लहान बजारको विभिन्न बागको परिक्रमा गरि पुनः माविकै प्रांगणमा पुगी कोण सभामा परिणत भएको थियो।  ८ घण्टा काम, ८ घण्टा आराम र ८  घण्टा मनोरञ्जनका लागि युरोप र अमेरिकाका मजदुरहरूले गरेको संघर्षको सम्झनामा प्रत्येक वर्ष मे १ तारिखमा अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउने गरिन्छ।

१७ औं शताब्दीमा भएको संघर्षले मजदुरहरुले यो अधिकार प्राप्त गरेका थिए । सन् १८९० देखि हरेक वर्ष मे १ मा संसारभरका मजदुरहरुले यो दिवस मनाउदै आइरहेको छ। नेपालमा सन् १९६३ देखि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो।  मे दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  नयाँ संविधानमा श्रमिकको हितलाई प्रत्याभूति गरिएको भन्दै यसलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने बताएका छन्। देशमा ठूलो मात्रामा सक्रिय युवा जनशक्ति श्रमका लागि विदेशिने क्रम बढ्दै गैरहेको प्रति चिन्ता व्यक्त गर्दै उनले स्वदेशमा रोजगारीको अवसर उपलब्ध गराई युवाको ज्ञान, सीप र ऊर्जा देश विकासमा लगाउन सरकार क्रियाशील रहेको बताएका छन्। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.