शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
विद्यालयमा संचार प्रबिधिका साधन प्रयोगमा ल्याउन आग्रह
बैशाख १८, २०७४ | सरगम खबर समाचारदाता

परशुराम साह सिरहा बैशाख १८ - 
सिरहाका जिल्ला शिक्षा अधिकारी अरबिन्दलाल कर्णले बिद्यार्थीको शिक्षण सिकाइ र शिक्षकको पेसागत क्षमता बिकासका लागि सुचना तथा संचार प्रबिधिका साधनहरु प्रयोगमा ल्याउन शिक्षकहरुलाइ आग्रह गर्नु भएको छ ।जिल्ला शिक्षा कार्यालय सिरहाको आयोजनामा आइतबार देखि सिरहामा शुरु भएको पुर्व प्राथमिक तहको शिक्षकका लागि मोडमा अधारित १० दिने पेसागत बिकास तालिम लाई उदघाटन गर्नु हुँदै जिशिअ कर्णले बिद्यालयमा संचार प्रबिधिको प्रयोग बिना नै हुने अध्ययन अध्यापन कार्यका कारण सिकाइ उपलब्धी हुन न सकेकोले शिक्षकले आफ्नो पेसागत क्षमता बिकास गर्न प्रबिधिलाइ प्रयोग गर्नुपर्ने बताउनुभएको छ ।

जिल्ला शिक्षा कार्यालय, सिरहाका शाखा अधिकृत बुद्धिमान दनुवारको अध्यक्षतामा भएको सो तालिमको उदघाटन कार्यक्रममा अगुवा स्रोत केन्द्र ,सिरहाका स्रोत ब्यक्ती कासिन्दर यादवले, बालबिकास केन्द्रका सहयोगी कार्यकर्ता  बाल बिकास केन्द्रका सहयोगी कार्यकर्ता नभएर बाल बिकास शिक्षकको रुपमा बिद्यालयमा स्थापित भैसकेकोले आफुलाइ एउटा जिम्मेवार शिक्षकको रुपमा उभ्याउन आग्रह गर्नुभएको छ।बालबालिकालाइ बिद्यालयमा टिकाइ राख्न र सिकाइ उपलब्धी हासिल गर्न शिक्षकहरु प्रबिधी संग जोडिनु पर्ने स्रोत ब्यक्ती यादवको भनाइ थियो ।तालिमलाइ जिल्ला  शिक्षा कार्यालय, सिरहाका शाखा अधिकृत बुद्धिमान दनुवार र स्रोत ब्यक्ती कासिन्दर यादबले सहजिकरन गरेको अगुवा स्रोत केन्द्रका राम उदगार साहले जानकारी दिनुभएको छ ।
 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.