शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा पहिलो पटक अन्तराष्ट्रिय स्तरको होटल संचालनमा
बैशाख १९, २०७४ | फिरोज शेख

फिरोज शेख लहान २०७४ बैशाख १९ -
सिरहाको लहानमा पहिलो पटक अन्तराष्ट्रिय स्तरको  होटल दरवार सोमवार देखि सञ्चालनमा आएको छ । लोकसेवा आयोगका पूर्व सदस्य डा. कृष्ण यादवले रिबन काटेर एक कार्यक्रमका बीच होटलको उद्घाटन गर्नु भएको छ। विरेन्द्र प्रसाद साह र राकेश गुप्ता रोशनको लगानीमा सञ्चालन भएको होटल दरवारमा सुविधा सम्पन्न १ सय ५० जनाको क्षमता भएको फुल एसी भएको रेष्टुरेन्ट , फुल एसी भएको स्वीट रुमहरु ,अन्तराष्ट्रिय स्तरको  स्वीमिंग पुल, इलेक्ट्रिक फिटनेश क्लव, स्वास्थ्यका लागि उपयोगी स्टीम बाथ , विवाह , वर्तबन्ध , सेमिनार , पाटीका लागि ५०० सय जनाको क्षमता भएको फराकिलो पाटी प्यालेस , इन्डोर पार्किंग , नेपाली , इन्डियन , चाइनिज , थाई , अरविक , कन्टिनेन्टल, तन्दुरका विभिन्न परिकारहरु , वाईफाईजोन संगै होम डिलेभरि समेतको व्यवस्था रहेको संचालक होटल संचालक विरेन्द्र प्रसाद साह र राकेश गुप्ता रोशनले जानकारी दिएका छन्। लहानको शहिद चौक देखि १ किलो मिटर पश्चिम पूर्वपश्चिम राजमार्गको उत्तर छेउमा अवस्थित समनिय वातावरण , पारिवारिक माहोल , सुन्दर , शान्त र आकर्षक डिजाइन भएको होटल दरवार साढे आठ कठाको क्षेत्रफलमा निर्माण गरिएको छ। उद्घाटन समारोहमा करिब ५ हजार भन्दा बढी व्यक्तिहरुले होटलको अवलोकन गर्दै प्रशंसा गरेका छन्।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.