शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहा सहित पूर्वाञ्चलका सम्पूर्ण सुनचाँदी व्यवसाय बन्द
बैशाख १९, २०७४ | फिरोज शेख

फिरोज शेख लहान २०७४ बैशाख १९ -
प्रहरीले ज्याजती गरेको भन्दै नेपाल सुनचाँदी व्यवसायी संघ झापाले मंगलवार पूर्वाञ्चलका सम्पूर्ण सुनचाँदी व्यवसाय बन्द गरेका छन्। केही दिन अघि प्रहरीले सुन सहित तीन जनालाई र चाँदी सहित दुई जनालाई पक्राउ गरेको विरोधमा सुनचाँदी व्यवसायी आन्दोलित हुँदै पूर्वाञ्चलका सम्पूर्ण सुनचाँदी पसल बन्द गरेका हुन्। सबै प्रक्रिया पुरा गरेर आफूहरुले सुन चादी ल्याएपनि प्रहरीले पक्रउ गरेर अनाहकमा दुःख दिएको नेपाल सुनचाँदी व्यवसायी संघ झापाका अध्यक्ष राजु धमलाले बताए । सोमवार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरेर व्यवसायीले आन्दोलनको घोषणा गरेका थिए । यसै बीच सोहि आन्दोलनमा समर्थन जनाउदै सिरहाका सम्पूर्ण सुनचाँदी व्यवसायीहरुले मंगलवार आ- आफ्नो पसलहरु बन्दगरी सुन सहित पक्राउ परेका तीनै जनालाई तुरुन्त रिहाई र सुन पनि व्यवसायीलाई फिर्ता गर्न माग गरेका छन् । सम्पूर्ण कागज पत्र साथमा भएपनि प्रहरीले पक्राउ गर्नु निन्दनीय कार्य भएको सिरहा सुनचाँदी व्यवसायी संघ सिरहाका सचिव वसन्त साहले बताए ।

प्रहरीले व्यवसायी वैजनाथ साह सोनार , कृष्ण सराफ र गाडी चालकलाई तुरुन्त रिहा नगरे शसक्त आन्दोलन गर्ने सुन चाँदी व्यवसायी संघले चेतावनी समेत दिएको छ । उनले आफूहरुलाई सम्मान जनक व्यवसाय गर्न दिइनुपर्ने , पक्राउ परेका व्यवसायी तुरुन्त रिहा हुनु पर्ने प्रहरीले दुःख दिने काम वन्द गर्नु पर्ने लगायतका मागहरु राखेर मंगलवार प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउने जनाएका छन् । वुधवारसम्म व्यवसायीहरुलाई स सम्मान रिहा नगरे उद्योग वाणिज्य संग सहकार्य गर्दै सशक्त आन्दोलान गर्ने साहले बताए। सुन चाँदी व्यवसायीहरुले चाँदी सहित पक्राउ परेका मनोज गोयल र पुण्यप्रसाद अधिकारीको प्रहरीले तस्कर भनि चरित्र हत्या गर्न खोजेको भन्दै आपत्ती जनाएका छन् ।

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.