शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
स्कुल बसको ठक्करबाट बालकको मृत्यु
बैशाख २४, २०७४ | सरगम खबर समाचारदाता

सप्तरी, बैशाख २४ गते।
सप्तरीको कंचनरुप नगरपालिका-६ स्थित भित्री सडक खण्डमा आइतबार ना ३ ख १३४९ नम्बरको मोडेल चिल्ड्रेन बोडिङ स्कुलको बसको ठक्करबाट एक बालककको ज्यान गएको छ।विहान ८;३० बजेतिर बिधार्थी उठाउंने क्रममा सोही ठाउँका घोलिया खंगको १२ बर्षिय छोरा मंगला खंगलाई ठक्कर दिएको थियो। ठक्करबाट बालकको घट्नास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ। बसका चालक फरार रहेकाले खोजीकार्य भइरहेको छ।

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.