शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
विद्यार्थी टिकाउन २ करोड ८८ लाखको खाजा
बैशाख २४, २०७४ | सरगम खबर समाचारदाता

परशुराम साह सिरहा , बैशाख २४ - 
सिरहाका सामुदायिक विधालयमा अध्यनरत वालवालिकाको लागि २ करोड भन्दा बढीको दिवा खाजा कार्यक्रम संचालन गरिएको छ ।जिल्लामा पहिलो चौमासिकमा मात्र अधारभुत तहका २ सय ३३ बिद्यालयका लागि २ करोड  ८८ लाख ११ हजार १ सय ७५ रुपैया निकाशा गरिएको जिल्ला शिक्षा कार्यालय सिरहाले जनाएको छ ।विद्यार्थीको उपस्थितिको अधारमा प्रती विद्यार्थी १५ रुपैयाका दरले पहिलो किस्तामा ५९ दिनका लागि उक्त रकम निकासा गरिएको जिल्ला शिक्षा कार्यालय सिरहा लेखाफाटमा कार्यरत अनबर अलिले जानकारी दिएका छन ।अधारभूत तहका वालवालिकालाई विद्यालयमा नियमित आउन प्रेरित गर्न ,बिद्यालयमै टिकाइ राख्न र शिक्षामा गरिब, बिपन्न , असहाय बालबालिकालाई पहुँच पुर्याउन दिवा खाजा कार्यक्रम संचालन गरिएको कार्यालयका सुचना अधिकृत समेत रहेका बिद्यालय निरिक्षक बुद्धिमान दनुवारले जानकारी दिनुभएको छ । 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.