शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
अज्ञात समूह द्वारा यातायात कार्यलय लहानमा बम विष्फोट
बैशाख २८, २०७४ | फिरोज शेख

फिरोज शेख लहान २०७४ बैशाख २८ - 
सिरहाको लहानमा रहेको सगरमाथा अञ्चल यातायात कार्यालयमा अज्ञात समूहले शक्तिशाली कुकर बम विष्फोट गराएका छन्। अज्ञात समूहले कार्यालयको सौचालयमा राखेको शक्तिशाली कुकर बम विष्फोट भएको छ । बम विष्फोटले कार्यालय भवन भित्र रहेका विभिन्न फाटका वालमा चिरा पर्नुका साथै झ्यालका शिशाहरु फुटेको छ । बम कार्यलयको सार्वजानिक शोचालायमा रखिएको थियो।शोचालय यातायात कार्यलयको पहिलो तल्लामा रहेकोले ठुल्लो आवाजमा विष्फोट भएको थियो।यातायात कार्यलयका प्रमुख ओमकार प्रशादका अनुसार बम विष्फोट विहिबार करीव अपरान्ह १२ बजेको समयमा भएको हो।सबै कर्मचारीहरु आ-आफ्नो काममा व्यस्थ थियो एकासी ठुल्लो आवाज आयो सबै त्रसित भएर आफ्नो ज्यान जोगाउन कोहि कतै त् कोहि कतै भागे , हामीले आफ्नो काम गरिरहदा पनि यस्तो घटनाहुनु हामीलाई त्रसित बनाएको बताउदै ,कहिँ कतै बाट कुनै किसिमको धम्कि समेत न आएकोले कस्ले र किन बम विष्फोट गराएको केहि भन्न नसकिने बताउनु भयो ।  के -कस्ता क्षति भएको अहिले केहि भन्न न सकिने बताउनु भयो। 

बम विष्फोटका कारण कार्यलयको सम्पूर्ण कामकाज ठप्प भएको छ। विष्फोटका कारण त्यहाका कर्मचारीहरु संगै आसपासका स्थानीयवासीहरु समेत त्रसित भएका छन्। यसै बीच ईलाका प्रहरी कार्यलय लहानका डिएसपी हिरा बहादुर पाण्डे समेतको टोलि पुगी घटनाको अनुसन्धान गरिरहेको छ।

बम विष्फोट कस्ले र किन गराएको हो भनि यो समाचार तयार पर्दा सम्म कसैले जिम्मेवारी लिएको छैन । विष्फोटका कारण कार्यलय प्रमुखलाई हातमा शिशाले सामान्य चोट लागेको छ ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.