शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
डिभारनी महिला बचत तथा ऋण सहकारी संस्थामा तालाबन्दी
बैशाख २९, २०७४ | सरगम खबर समाचारदाता

शुभ नारायण कामती - 
सिरहा, २९ वैशाख । सिरहा नगरपालिका वडा नम्बर ११ भलुवाहीमा रहेको डिभारनी महिला बचत तथा ऋण सहकारी संस्थामा संस्थाकै महिला सदस्यहरुले बिहीबार कार्यालयमा तालाबन्दी गरिएको छ ।एकलौटी शासन चल्दैन, संस्था र सामाजको अहितमा कार्य गर्ने सामाजिक परिचालिका चाहिदैन नारा लगाउदै उनीहरुले तालाबन्दी गर्दै गाउँभरी परिक्रमा गरेका छिन् । उक्त संस्थाकी अध्यक्ष समुन्द्री देवी साह र समाजिक परिचालिका गिता पोखरेलले एकलौटी ढंगले चलाउदै आएको आरोप विमला देवी कामतीले बताईन् ।भवन निर्माण पश्चात दुई वटा कोठा कार्यालय सञ्चालन गर्न र एउटा हल कार्यालयको तालिम, गोष्ठि गर्ने स्थानीय स्तरमा सहमति भएको थियो । खाली रहेको हल स्थानीय स्तरमा हुने कार्यक्रमको लागि भाडामा दिने सहमति भएको थियो । समाजिक स्तरमा भएका छलफल र सहमति अनुसार संस्थाकी अध्यक्ष समुन्द्रि देवी साह र समाजिक परिचालिका गिता पोखरेल नमान्दै मनोमानी गर्दै आएको कामतीले बताईन् ।

तालाबन्दी गरेर सयौंको संख्यामा रहेका महिलाहरुले गाउँ परिक्रमा गरेका थिए । उनीहरुले महिला तथा बालबालिका कार्यालय सिरहालाई पनि जानकारी गराएको स्थानीय अनुरागी देवी कामतीले बताई् ।स्थानीयको अढाई लाख रुपैया, जिल्ला विकास कार्यालय, गाविस र महिला तथा बालबालिका कार्यालय सिरहाको सहयोगमा निमार्ण भएको उक्त भवन अझसम्म हस्तान्तरण भएको छैन् । हस्तान्तरण नभएपनि कार्यालय स्थापना गरी प्रशिक्षण लगायतका कार्य हुँदै आएको छ । त्यसमा संस्थाका अध्यक्ष साह र समाजिक परिचालिका पोखरेलले आफू अनुकुल काम गर्दै आएको स्थानीय महिलाहरुको आरोप रहेको छ ।यसवीच समाजिक परिचालिका पोखरेलले स्थानीय स्तरमा ३ सय रुपैयाँ लिनेगरी हल भाडामा लगाउने निर्णय सुरुमै भईसकेको स्वीकार गरिन् । सभाहल भाडामा लगाउँदा कोठा फोहर हुने भन्दै त्यसकै लागि सहमति भएपनि नलगाउने गरेको उनले थपिन् ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.