शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
मुस्लिम समूदायले शबेबरात पर्व मनाउदै
बैशाख २९, २०७४ | सरगम खबर समाचारदाता

जिवछ उदासी लहान, बैशाख २९ गते । मुस्लिम समुदायले आफनो कूल परिवारमा मृत्यु भएको मृतकहरुको सम्झानामा मनाईने शबेबरात पर्व विहिबार देखि सुरु भएको छ ।  दुई दिन सम्म मनाइने यो पर्वमा हलुवा ,पुरी,खिर,मासु लगायतका विभिन्न परिकारहरु निष्ठापुर्वक पकाएर पहिला परिवारमा मृत्यु भएकाको सम्झनामा पुजाआजा गरि चढाए पछि खाएर मनाउने गरिन्छ। यो पर्व सुरु हुन्ुभन्दा १४ दिन अगाडिदेखि नै आ- आफनो घरमा धार्मिक ग्रन्थ कुरान पढने पढाउने गरिन्छ ।  राती जग्राम वसेर मानइने यस पर्वमा महिला ,पुरुष सवैले आफना घर परिवारका मृतकहरुलाई सम्झिने गर्छन। आफनो पूण्य लाभको लागि गरिने व्रतमा रातितिर हलुवा, पुरी ,फलफूल आहार गरेर धर्म गुरुहरुले गलत र विकृतिवाट आफना सन्तानहरुलाई टाढा राख्न प्रवचन दिने गरेको लहान २ स्थित रहेको मदरसाका मौलाना मुस्ताक अहमदले बताउनु भएको छ । 

यसपर्वमा आफनो देश र समाजको सम्मुनतिको लागि आफना अल्लाह ईश्वरसंग विशेष प्रार्थना पनि गर्ने गरिन्छ । साथै यस पर्वमा मृतक आफन्तहरुले गरेको राम्रो कार्यको विशेष सम्झना गर्दै आफना गाँउ वस्ती , मस्जिद लाई विशेष रुपमा दुल्हन झै सिंगारिने गरिन्छ  र राती १२ वजेपछि चिहान (कव्रिस्तान)मा गएर सामूहिक प्रार्थना गर्दै मृतककको आत्माको चिर शान्तीको कामना गर्ने गरिन्छ। यसै बीच सिरहाको केहि क्षेत्रमा यो पर्व विहिवार नै मनाइएको छ भने लहानमा आज शुक्रबार मनाइदै छ। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.