शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
बलिउड अभिनेत्री रिमा लगुको निधन, शोकमा डुब्यो बलिउड
जेठ ४, २०७४ | सरगम खबर समाचारदाता

२०७४ जेठ ४ गते मुम्बई । बलिउड अभिनेत्री रिमा लगुको निधन भएको छ ।बुधबार राति करिब एक बजे छाती दुखेपछि अस्पताल भर्ना भएकी ५९ वर्षीया रीमाको हृदयघातका कारण सवा तीन बजे निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।बलिउड फिल्ममा विशेषगरी आमाको भुमिका निभाउँदै आएकी रिमाले ‘कल हो ना हो, हम आपके हे कौन, मेने प्यार किया, साजन, वास्तव, कुछ कुछ होता हे, हम साथ साथ हैजस्ता चर्चित फिल्ममा काम गरेकी छन् ।साथै तु तु मे मे, श्रीमान–श्रीमतीजस्ता टेलिश्रृंखलामा पनि अभिनय गरेकी अभिनेत्री रीमा विगत चालीस वर्षदेखि बलिउड तथा दक्षिण भारतीय फिल्ममा सक्रिय थिइन् ।पुरानी नायिका रिमाको निधनले अहिले बलिउड शोकमा डुबेको छ । कलाकारहरु उनलाई श्रद्धाञ्जलि दिन उनको घर पुगिरहेका छन् ।

 

भोजपुरी नायिका अक्षरा सिंह आज लहान
बैशाख ६, २०८१ | फिरोज शेख
गीतकार समिर खानको हिन्दी गीत “ओ
मंसिर २, २०७९ | फिरोज शेख
अश्लिल गीत गाउनेलाई कार्वाही गर्न गायक
साउन २१, २०७९ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.