शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
विद्यार्थीको व्यक्तित्व विकासका लागि प्रशिक्षण कार्यक्रम
जेठ ५, २०७४ | सरगम खबर समाचारदाता

लहान २०७४ जेठ ५ - 
सिरहाको लहानमा विद्यार्थीको व्यक्तित्व विकासका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ I सिरहाको लहानमा विगत लामो समय देखि शिक्षा क्षेत्रमा योगदान पुर्याउदै आइरहेको शिक्षाको क्षेत्रमा आफ्नो छुटै पहिचान बनाउन सफल एपेक्स एजुकेशनल एकेडमीको आयोजनामा आयोजित उक्त कार्यक्रममा एकेडमीमा अध्यनरत १७० जना विद्यार्थीहरुहरुले प्रशिक्षण लिएका छन्। एपेक्स एजुकेशनल एकेडमीका संचालक भरत साहको अध्यक्षता तथा जेएस मुरारका वहुमुखी क्याम्पसका पुर्व सभापति अशोक चौधरीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा शिक्षण क्षेत्रमा आवध राजा बाबु साह, लाल विहारी यादव , ब्रजमोहन अधिकारी , परमानन्द यादव , विवेकानन्द गोइत , सुनिल शर्मा , शिव साह , विके सिङ्ग , राम लखन चौधरी , डिएन साह , योगेन यादव , अरविन्द यादव लगायत शेख मिडिया हाउस प्रालिका संचालक तथा रेडियो सरगमका म्यानेजर फिरोजको उपस्थिति रहेको थियो। कार्यक्रमको उद्घाटन सत्रमा उपस्थित सम्पूर्ण अतिथिहरुले आ-आफ्नो धारणा राख्दै कार्यक्रमको सफलता संगै उपस्थित विद्यार्थीहरुलाई व्यक्तित्व विकासका लागि उपयुक्त ज्ञानवर्धक शिक्षामैत्री सलाह सुझाव संगै परामर्श दिएका थिए। कार्यक्रमा उपस्थित विद्यार्थीहरु लाई प्रशिक्षक राजा बाबु साहले व्यक्तित्व विकासका लागि प्रशिक्षण दिएका थिए। यसै बीच कार्यक्रममा विद्यार्थिहरुले विभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरेका थिए । 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.