शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सवारी दुर्घटनामा दुइको मृत्यु दुइ घाइते
जेठ ६, २०७४ | सरगम खबर समाचारदाता

लहान २०७४ जेठ ६ - 
सिरहाको लहान नगरपालिका-१२ स्थित लोकमार्गमा सनिबार विहान अज्ञात सवारीको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको ज्यान गएको छ अर्का एक घाइते भएका छन्।उनीहरु सवार स ६ प ६१७ नम्बरको मोटरसाइकललाई विहान ३ बजेतिर अज्ञात सवारी साधनले ठक्कर दिएको थियो।दुर्घटनामा मोटरसाइकल पछाडी सवार मृतककको पहिचान खुल्न सकेकको छैन भने मोटरसाइकल चालक सिरहा धनगढीमाई नगरपालिका-१ बस्ने अन्दाजी ३२ बर्षिय सन्तोष चौधरी गम्भिर घाइते भएका छन्।उनलाई उपचारकोलागी न्युरो अस्पताल विराटनगर लगिएको छ। ठक्कर दिने सवारीको खोजी भइरहेको इलाका प्रहरी कर्यालय लहानले जानएको छ।

यसै बीच सप्तरीको इलाका प्रहरी कर्यालय महुलीमा कार्यरत एक म्यादी प्रहरीको शुक्रबार मोटरसाइकल दुर्घटनामा ज्यान गएको छ।ज्यान गुमाउनेमा गर्ता नम्बर ९८४ का सप्तरी कृष्ण सबरण गाउपालिका-३ बस्ने अन्दाजी २६ बर्षिय मिन नारायण चौधरी रहेका छन्।उनी सवार ना ३३ प ४१२२ नम्बरको मोटरसाइकल राती १० बजे तिर कन्चनरुप नगरपालिका-११ स्थित मौली पुलमा ठोक्किएको थियो। चौधरीलाई उपचारकोलागी सगरमाथा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।दुर्घटनामा मोटरसाइकल पछाडी सवार प्रहरी चौकी पकरीमा कार्यरत म्यादी प्रहरी गर्ता नम्बर २२५९ भएका सप्तरी कृष्ण सबरण गाउपालिका-१ बस्ने अन्दाजी २३ बर्षिय रगुनन्दन चौधरी समेत गम्भिर घाइते भएक छन्।उनको धर्मेश्वर अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कर्यालय महुलीले जनाएको छ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.